कुन देशका पासपोर्ट कति महंगो ?

काठमाडौं, मंसिर ६- टर्किले आफ्ना नागरिकको विदेश भ्रमणका लागि जारी गर्ने राहदानी (पासपोर्ट) को मूल्य विश्वका अन्य कुनैपनि मुलुकको दाजोमा महँगो देखिएको छ । टर्कीमा पासपोर्टको लगानी महँगो भएको छ ।

टर्किले पासपोर्टमा २५१ डलर शुल्क लिदै आएको छ । टर्कीमा न्यूनतम ज्यालामा काम गर्ने नागरिकले पासपोर्टका लागि ९५ घन्टा काम गर्नुपर्छ । पासपोर्ट महँगो हुने मुलुकको दोस्रो स्थानमा अस्ट्रेलिया परेको छ । अस्ट्रेलियामा सरकारले पासपोर्ट जारी गरे बापत २०६ डलर शुल्क लिने गरको छ । पासपोर्ट महँगो हुने मुलुकको सूचीको तेस्रो स्थानमा स्वीट्जरल्यान्ड परेको छ । यो मुलुकमा पासपोर्टका लागि १५९ डलर शुल्क लिइन्छ ।

चौथो, पाँचौ, छैटौ र सातौ महँगा पासपोर्ट शुल्क भएका मुलुुकमा मेक्सिको, अमेरिका, इटाली र क्यानजडा परेका छन् । यी मुलुकमा पासपोर्टका लागि क्रमशः १५५, १३५, १३५ र १३३ डलर लिन गरिएको छ । आठौ, नवौ र दशौ स्थानमा जापान न्युजिल्यान्ड र संयुक्त अधिराज्य परेका छन् । यी मुलुकले क्रमशः ११५, ११५ र ११० डलर शुल्क लिने गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: