युएईमा को हुन् बाबुरामको नयाँ शक्ति पक्षधर ?  मञ्चले गर्यो खण्डन

युएई। एकीकृत माओवादीको युएई स्थित भातृ संगठन नेपाली जनप्रगतिशिल मञ्चका दुईजना कार्यकर्ताले मात्र एमाओबादी पार्टी परीत्याग गरी बाबुराम भट्टराईको नयाँ शक्तीमा प्रबेश गरेको तथ्य खुलेको छ । यस अगाडी बिभिन्न मिडियामा १८ जना एमाओबादी कार्यकर्ता नयाँ शक्तीमा प्रबेश गरेको भन्ने समाचार प्रकाशित भएकोमा मञ्चले हिजो एक बिज्ञप्ती प्रकाशित गर्दै नयाँ शक्तीमा प्रबेश गरेका भनिएका ब्यक्तीहरुको बारेमा स्पष्ट पारेको हो । 

बिज्ञप्तीमा जनाईए अनुसार उल्लेखित १८ नामहरु मध्ये उत्तम अधिकारी र सुरेश ढकाल मात्र मञ्चका संगठित कार्यकर्ता हुन । उनीहरु दुबैजना गोर्खा जिल्लाका हुन् । स्रोतका अनुसार अधिकारी पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार हुन भने ढकाल उपाध्यक्ष हुन । त्यसैगरी भिम श्रेष्ठ र बिनोद लामिछाने युएईमै नरहेको जनाइएको छ भने बिनोद श्रेष्ठ र धर्म ढकाल लामो समय देखि निस्कृय रहेको विज्ञप्तीमा उल्लेख छ । 

मञ्चले बिज्ञप्तीमा नयाँ शक्तीमा लागेका भनिएका अन्य नामहरुको बारेमा अनभिज्ञता जनाएको छ । नयाँ शक्तीमा लागेको भनिएका कुल बहादुर आचार्यले आफ्नो नाम मुछिएकोमा आपत्ति जनाउदै घोर भर्त्सना गरेका छन । स्रोतका अनुसार उल्लेखित नामहरु यस् अघी युएईको नेपाली समाजमा कतै नचिनिएका र धेरै गोर्खा जिल्लाका तथा केही साधारणहरु ब्यक्तीहरु रहेका छन । 

यस अगाडी नयाँ शक्तीका युएई प्रतिनिधि सुरेश ढकाल र उत्तम अधिकारीले उल्लेखित ब्यक्तीहरु कसैले पनि हस्ताक्षर नगरिएका नाम लिस्ट सहित आफुहरु नयाँ शक्तीमा प्रबेश गरेको मन्चका अध्यक्ष हेमन्त पौड्याललाई लिखित जानकारी गराएका थिए । अध्यक्ष पौड्याल र महासचिव बाबुराम विश्वकर्माको नामबाट प्रकाशित बिज्ञप्तीमा यस अगाडी बिभिन्न अनलाइन मिडियामा आएका समाचारलाई खण्डन गर्दै खारेज गरिएको जनाईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय