अवैधानिक रुपमा बस्दै आएकालाई आतंकवादीको आरोपमा पक्राउ, आप्रवासी कामदार निशानामा 

सोल,मंसिर ५ 

गत बुधवार अवैधानिक रुपमा कोरिया बस्दै आएका एकजना इण्डोनेशियन कामदार पक्राउ परे । दक्षिणि प्रान्त छुङ्छेयोङ्बाट पक्राउ परेका उनलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाको सदस्य रहेको आशंका गरिएको छ । यसले दक्षिण कोरियामा अवैधानिक रुपमा बसेका कामदारलाई त्रसित बनाएको छ । यहाँका आप्रवासी कामदार तथा मानव अधिकारबादीहरुले कोरियाले आगामी दिनमा अवैधानिक बिदेशी कामदार प्रति निक्कै कठोर नीति अपनाउने संकेत गरेको कोरिया टाइम्सले समाचार लेखेको छ । 

कोरियाको कानुन मन्त्रालयको आँकडामा सन् २०११ सम्ममा एक लाख सात हजार सय ८० जना अवैधानिक कामदार रहेकोमा हाल यो संख्या २७ प्रतिशतले बृद्दी भएर दुर्इलाख १३ हजार ५ सय ६५ पुगेको छ । यसैबीच कोरिया सरकारले पेरिसमा भएको आतंककारी आक्रमणले जहाँ धेरै आप्रवासी कामदार बस्ने गर्छन, त्यहिं घटना भएको देखिएकोले त्यसबाट पाठ सिक्नु पर्ने बताएको छ । 

तर कोरियामा रहेका आप्रवासी कामदारले भने कोरियाली सरकारको यो धारणाको विरोध गरेका छन् । बिगत १८ वर्ष देखि कोरियामा बस्दै आएका एकजना बंगलादेशी नागरिक शेख अलमुमले सबै अपराध आप्रवासीले मात्रै गर्छन् भन्ने कुरा नाजायज भएको बताए । त्यसैले प्रहरीको जाँच अत्यन्तै संयमित हुनु पर्ने उनको भनाई छ । 

त्यस्तै आप्रवासी स्वतन्त्रता तथा मानव अधिकारवादी जुँङ् योङ् सुपले शेखको विचारमा सहमति जनाउदै  सरकारले आप्रवासी त्यसमा पनि बिशेष गरेर कोरियामा रहेका मुस्लिम समुदयका मानिसलाइ खतराको श्रोतको रुपमा लिनु सरासर जातीय भेदभाव हुने बताए । 

विश्वब्यापी रुपमा आतंकवादले जरा गाडी सकेको अवस्थामा कोरिया पनि यसबाट अछुतो रहन सक्दैन भन्दै सरकार र यहाँको सत्तारुढ सयेनुरी पार्टी  आतंकवाद बिरुद्धको बजेटमा बढाउने योजनामा रहेको समाचारमा उल्लेख छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: