
मलेसिया, मंसिर ३- एक महिलाको हत्या अभियोगमा मलेसियाको मुहारबाट ६ जना नेपाली श्रमिकलाई यहाँको प्रहरीले पक्राउ गरेको छ । जोहर राज्यको मुहारमा स्थानीय युवतीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख अजमान आरुवलाई उधृत गर्दै मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्कुलमा क्लर्कको काम गर्ने २९ वर्षीया मलेसियन महिला नुरुल सहिराको हत्या आरोपमा नेपाली युवालाई प्रहरीले उनीहरु बसेकै स्थानबाट पक्राउ गरेको हो । ती महिलाको शव घाँटीमा टाई बाँधिएको अवस्थामा उनकै घरबाट प्रहरीले वरामद गरेको थियो ।
उनको हत्यामा नेपाली श्रमिकको संलनताको आशंकामा नियत्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ नेपाली श्रमिकको नाम र ठेगाना प्रहरीले खुलाएको छैन । २५ देखि ४५ उमेर समुहका ६ नेपाली युवालाई हत्या आशंकामा प्रहरीले नियत्रणमा लिएर अनुसन्धान थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नेपाली युवाहरु पक्राउ परेकोबारेमा नेपाली दूतावासले केही जानकारी नआएको जनाएको छ ।
अन्नपूर्ण पोष्टबाट