साउदीबाट नेपाली श्रमिक भन्छन्ः हामी काम गर्ने यी कम्पनीहरुमा काम गर्न नआउनुस् 

राज तामाङ, साउदी अरव  

बैदेशिक रोजगारीका लागि साउदी अरब आउने नेपाली श्रमिकहरुलाई साउदी अरब आउन पूर्व यहाँ रहेका केहि ठगि गर्ने कम्पनीहरुको बारेमा राम्ररी बुझेर मात्र आउन यहाँ कार्यरत नेपालीले आग्रह गरेका छन् । साउदी अरबको पूर्वी क्षेत्रमा पर्ने दम्माम स्थित मोहमद अल हाइद्र ग्रुप, मोहमद अल हाइदर एन्ड ब्रदरस् फर जेनेरल कन्ट्रक्टिङ कम्पनी, ईष्ट वेष्ट हाइपर मार्केट लगायतका कम्पनी हरुमा बर्षौदेखि एकहजार भन्दा बढी नेपाली श्रमिकहरु दास भएर बसिरहेको भन्दै उनीहरुले ति कम्पनीहरुमा नआउन आग्रह गरेका हुन् । 

आफ्नो नाम नखुलाउने शर्तमा एक नेपाली श्रमिकले नेपालबाट थुप्रै म्यानपावर कम्पनीहरुले अहिले पनि साउदी अरवका ति कम्पनीहरुमा नेपाली युवाहरुलाई धेरै रकम असुलेर तथा झुटो आश्वासनमा पठाइरहेको बताए । उनका अनुसार धेरैजसो नेपाली युवा लक्कि मेनपावर, वल्ड वाईड मेनपावर, अस्मिता मेनपावर, सुवास मेनपावर, अन्नपूर्ण मेनपावर, एबिसी मेनपावार लगायतबाट ति कम्पनीहरुमा आइरहेका छन् । 

नेपाल सरकारले फ्रि भिसा, फ्रि टिकटमा मात्र कामदार पठाउन पाउने व्यवस्था गरेपनि यसको पूर्ण तरिकाले कार्यान्वयन नभएको भन्दै ति कम्पनीमा कार्यरत नेपालीले यसको छानविन गर्न आग्रह गरेका छन् । अहिले पनि हाम्रै कम्पनीमा १ लाख ३० हजार तिरेर नेपाली आउने क्रम चलिरहेको छ अल हाइद्रमा कार्यतर एक नेपाली कामदारको भनाई छ । 

आफूहरु कार्यरत कम्पनीले बिरामी हुँदा उपचार नगर्ने, समयमा तलव नदिने, अकामा बनाइ नदिने, करार सकिएपछि पनि नेपाल नपठाउने र जवर्जस्ती काममा लगाउने, कुटपिट गर्ने जस्ता समस्याहरु रहेको उनीहरुको गुनासो छ । कम्पनीले दुःख दिएपछि तथा तलव नदिएपछि भागेर काम गर्नुपर्ने बाध्यता रहेको र त्यसरी भागेपछि अझ धेरै समस्यामा परेको पीडितहरु बताउँछन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय