साउदीको दम्मामका नेपाली श्रमिक संगठित 

काठमाडौं, मंसिर २

जिफन्ट सपोर्ट ग्रुप, साउदी अरेबियाको आयोजनामा साउदी अरेबियाको दम्माममा नेपाली श्रमिकको भेला सम्पन्न भएको छ । सो भेलाले ज्ञान बहादुर तामाङको अध्यक्षतामा १३ सदस्य रहेको जिफन्ट सपोर्ट ग्रुप, क्षेत्रिय कमिटी दम्माम सर्वसमत चयन गरेको छ । 

क्षेत्रीय कमिटीको उपाध्यक्षमा मोहन अर्याल, सचिवमा विल्टु मुखिया, सहसचिव बुद्धिमान विश्वकर्मा र कोषाध्यक्ष गोविन्द महर्जन चुनिएका छन् । यसैगरी सदस्यहरुमा टंकप्रसाद रेग्मि, शमशेर बहादुर तामाङ, बिनोद रसाईली, राम बहादुर विश्वकर्मा, टंक बहादुर राई, डमर आले मगर, मिलन लामा र नारायण पाण्डे छानिएका छन् । कमिटीको सल्लाहकारमा अनुप परियारलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि जिफन्ट सपोर्ट ग्रुप, साउदी अरेवियाका संयोजक राज तामाङले १९९४ देखि नै जिफन्टले प्रवासमा कार्यरत नेपाली श्रमिकहरुलाई संगठित गर्दै उनीहरुको हक अधिकारको लागि लडिरहेको बताउनु भयो । सन् २०१४ को जनवरीमा अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ -आइटियूसी_ ले साउदी अरबमा अलपत्र परेका ३ सयजना नेपालीलाई बिना शर्त तत्काल स्वदेश फर्काउन साउदी अरबको श्रम मन्त्रिलाई पत्र लेखेको स्मरण गराउँदै उहाँले ट्रेड यूनियनबाट मात्रै अधिकार सम्भव हुने धारणा राख्नुभयो । उहाँले जिफन्टले उठाउँदै आएको श्रमिकका अधिकारका विषयहरु मध्ये धेरैजसो नयाँ संविधानमा समेटिएको भन्दै बाँकी विषय आगामी दिनमा समेटिने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा मन्तव्य राख्दै मिथिला एकता समाजका सचिव समेत रहेका विल्टु मुखियाले साउदी अरबमा जिफन्ट स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले साउदी अरबमा जिफन्ट नै सबै नेपाली श्रमिकको आशाको केन्द्र भएकोले सवै श्रमिकलाई संगठनमा आवद्ध हुन आग्रह गर्नुभयो ।  मन्तव्यकै क्रममा परियार एकता मञ्चका अध्यक्ष अनुप नेपालीले अधिकारको लागि अव हरेक गाउँबाट एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय