खाडीमा नेपाली महिलालाई बेच्न नेपालगञ्ज हुँदै लैजाने गरिएको पुष्टि

नेपालगञ्ज, मंसिर २ –नेपालगञ्ज नाकाबाट नेपाली युवती र किशोरीलाई खाडी मुलुकमा बिक्रीका लैजाने कार्य जारी रहेको पुष्टि भएको छ । खाडी मुलुकमा बिक्रीका लागि नेपाली सुरक्षाकर्मीलाई झुक्याएर सीमापार गरिसकेका छ जना युवतीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर उद्धार गरेपछि सो पुष्टि भएको हो । भूकम्प प्रभावित सिन्धुपाल्चोकका छ जना युवतीलाई बिक्रीका लागि भारत हुँदै खाडी मुलक लैजाँदै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रूपैडिहामा उनीहरूको उद्धार गरेको हो ।

सिन्धुपाल्चोक बाह«बिसे घर भई काठमाडौँमा अस्थायी रूपमा बस्दै आएका छ जना युवतीलाई गत सोमबार विहान ११ बजे नेपाल–भारतको रूपैडिहा नाकाबाट एसएसबीले उद्धार गरेको हो । ती युवतीलाई लैजान लागेका सुर्खेत मैनतडाका दीपक विक समेतलाई एसएसबीले पक्राउ गरेको छ ।

उनीहरूलाई रोजगारीका लागि भारत हुँदै खाडी पु¥याउन दलालको गिरोहले रूपैडिहा नाका प्रयोग गरेको हो । उद्धार गरिएकामा आमाछोरी, दिदिबहिनी समेत रहेका छन् । छ युवतीलाई भारत लैजान सहयोगी रहेका मुख्य गिरोहका दलाल काठमाडौँका प्रदीप श्रेष्ठ भने फरार रहेका छन् ।

आइतबार राति नेपालगञ्ज बसपार्क आइपुगेका उनीहरू सोमबार बिहान १० बजे रूपैडिहाका लागि रिक्सामा जाँदै गर्दा एसएसबीले पक्राउ गरेको थियो । उद्धार गरिएका युवतीहरूलाई जमुनाहस्थित माइती नेपालको जिम्मा लगाइएको एसएसबीले जनाएको छ । युवतीसँगै पक्राउ परेका युवकलाई बाँके प्रहरीको जिम्मा लगाइएको छ ।

उद्धार गरिएका युवतीमा तीन जना १९ वर्षमुनिका र तीन जना ४० वर्षमुनिका रहेको माइती नेपाल नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए । संयोजक कोइरालाका अनुसार भूकम्पबाट प्रभावित भई काठमाडौँमा अस्थायी रूपमा बस्दै आएका ती युवती मजदुरी गर्दै आएका थिए । 

उनीहरूलाई दलालले दिल्ली हुँदै खाडी मुलक पु¥याउने र राम्रो काममा लगाउने आश्वासन दिएको उनीहरूले जनाएका छन् । उद्धार गरिएका किशोरीलाई नेपालगञ्जस्थित माइती नेपालको सेल्टरमा राखिएको छ । पक्राउ परेका दीपक विकले भने आफूले चार हजार रुपैयाँमा सहयोगी काम गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

गोरखापत्रबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय