हृदयघातबाट एक नेपालीको मृत्‍यु

हरी कृष्ण न्यौपाने, कुवेत मंसिर २

मोरङ राजघाट-५ घर भई कुवेतको रियाल कम्पनीमा सवारी चालकका रुपमा कार्यरत ३६ बर्षिय आइतराज तामाङको गत सोमबार बिहान हृदयघातको कारण मृत्‍यु भएको छ। मृतकका साथी केदारका अनुसार करीब ६-७ दिन अघी सेक्सनमा इराक बोर्डर नजिकै अब्दलीमा तेल भर्ने क्रममा तामाङलाई रिंगटा लागेपछि उनका सुपरभाइजरले जहरा अस्पातल लागेका थिए। त्यस पछी उनलाई हेलिकप्टरबाट सभा अस्पताल पुर्याइएको थियो। सबै जाच गर्दा पनि केही रोग नदेखिएकोले उनी २ दिनको आराम पछी पुन काममा फर्केका थिए।

चुरोट,जाड, रक्सी लगाएत कुनै कुराको अम्मली नरहेका आइतराजलाई १/२ पटक यसैगरी सामान्य रुपमा छाती गर्हौ भए जस्तो हुने र रिंगटा लाग्ने भइरहेको उनका साथिहरुले बताएका छन् । गत १६ नोभेम्बर बिहान ९ बजे तिर रातीको कामबाट आएका साथीहरु सुत्दा सोफामा बसी रहेका आइतमान केही समयमा त्यही ढले । उनका साथीहरुले एम्बुलेन्स बोलाएर अस्पातल लादै गर्दा उनको निधन भएको हो । 

मृतक आइतराज चालक भलाई कोष कुवेतका सदस्य थिए । उनी नेपाल तामाङ घेदुङ तथा कुवेतमा हुने प्रायः सबै कार्यक्रममा जाने गर्दथे भने उनले आपत बिपतमा परेका धेरै नेपालीहरुलाई सहयोग समेत गर्दै आएका थिए।  

बिगत ८ बर्ष देखी रियाल कम्पनीमा केपिटिसी सेक्सन अन्तर्गत कुवेतको हरेक तेल पम्पहरुमा तेल भर्ने ठुलो ट्याँकर चलाउदै आएका आइतराज ६ महिना पहिला मात्र छुट्टीमा घर गएर आएका थिए। मृतकका ९ र ३ बर्षका २ छोरा, श्रीमती र आमा रहेका छन।

उनको मृत्‍युका बारेमा कम्पनीले नेपाली दुताबासलाई खबर गरी सकेको छ भने हाल शब फर्मानिया अस्पातलमा राखिएको छ। 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय