
काठमाडौं, मंसिर १- मंगलवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९० पैसा र विक्रि दर २९ रुपैंयाँ ६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ६५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८२ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २२ पैसा रहेको छ । रियाल र दिरहम दुवैको सटही दर अघिल्लो दिनभन्दा कम हो ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ भनें विक्रि दर २४ रुपैंयाँ १४ पैसा छ । यो पनि घटेको मूल्य हो । मलेसियन रिंगिटको भाउ केहि समययता निक्कै घटेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
कुवेती दिनारको खरिददर ३४६ रुपैंया ३७ पैसा छ । बहराइन दिनारको खरिददर २७८ रुपैंयाँ ९० पैसा छ । यी दुवैको सटही दर पनि घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।