जापानमा नेपालीको सरसफाइ अभियान 

जापान, मंसिर १- जापानमा सरसफाई अभियान चलाउँदै आएको एनआरएन गुन्माले सो अभियानलाई निरन्तरता दिदै आगामी आइतबार गुन्माकेनको ओता शहरमा सरसफाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सरसफाईमा मानिसको पहिचान र सभ्यता पनि गाँसिएको हुनाले एनआरनले सो अभियान चलाएको हो । 

कतिपय व्यक्तिले एनआरएनए जस्तो ठुलो संस्था भएर पनि सानातीना काम गर्नु हुन्न भन्ने टिप्पणि आउने गरेका भए पनि कुनैपनि काम आफैमा सानो र ठूलो नभएर यसको नतिजाले सो कामको महत्व दर्शाउने भएकाले सरसफाई अभियान चलाइएको एनआरएनए जापानले जनाएको छ । सरसफाई जस्तो महत्वपूर्ण कार्यमा सो क्षेत्रमा बस्ने सबै नेपालीहको साथ रहने विश्वासका साथ अभियानमा सरिक हुन एनआरएनएका तर्फबाट आव्हान गरिएको छ ।

एनआरएन गुन्माले एक विज्ञप्ति जारी गरी बिगतमा नेपालमा गएको महाभुकम्पको समयमा नेपाली समुदायले ओता एकिमा चन्दा संकलन गर्दा जापानी समुदाय, ओता एकि, ओता सियाकुसोले गर्नुभएको सहयोगप्रति धन्यबाद स्वरुप यो कार्यक्रम गर्ने निर्णय गरेको उल्लेख छ ।

नेपाल र नेपालीलाई लगाएको त्यो गुण तिर्ने महत्वपूर्ण अवसरका रुपमा लिइएको सरसफाई अभियानमा सम्पुर्ण ओताबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गर्न एनआरएन गुन्माले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय