कतारमा कार्यरत नेपालीलाई मानव अधिकार दिलाउने सहमति  

काठमाडौं, कात्तिक ३०- कतारमा कार्यरत साढे चार लाख नेपाली कामदारको मानव अधिकार दिलाउन कतारको राष्ट्रिय मानव अधिकार समिति र नेपालको राष्ट्रिय मानव अधिकार आयोगबीच सोमबार १० बुँदे सम्झौता भएको छ ।

सम्झौता पत्रमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र समितिका अध्यक्ष डा. अलि बिन समाइखा अल मर्रीबीच हस्ताक्षर भएको हो । ‘नेपाली कामदारको हितको लागि यो सम्झौता पत्र एउटा कोशेढुंगा हुनेछ’, सम्झौतापछि अध्यक्ष शर्माले भने,‘ कतार कार्यरत नेपाली कामदारलाई यहाँको नियमभित्र पाउने अधिकार दिलाउन महत्वपुर्ण हुनेछ ।’

सम्झौता ४ बर्षको लागि भएको हो । यसलाई नबिकरण गर्न सकिनेछ । सम्झौतापछि नेपालबाट आएका उच्चस्तरीय प्रतिनिधि मण्डल र कतारका राष्ट्रिय मानव अधिकार समितिका उच्च अधिकारीहरुको बैठकलाई सम्बोधन गर्दै कतारका अध्यक्ष मर्रीले आफूहरुले नेपाली कामदारलाई सुरक्षाका साथै अधिकार दिलाउन आफ्ना सरकारलाई सिफारिश गर्ने बताए । ‘नेपालको मानबअधिकार आयोगसँग सहकार्य गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ’, मुर्रीले भने, ‘यहाँ रहेका नेपाली कामदारको अधिकार दिलाउनका लागि नेपाली पक्षबाट हुने अनुरोधलाई कार्यान्वयन गर्न हामी हाम्रो सरकारलाई सिफारिश गर्नेछौं ।’

अध्यक्ष शर्माले कामदार र उनीहरुका परिवारले उजुरी दिएको खण्डमा आफूहरुले कतारको राष्ट्रिय मानव अधिकार समितिलाई सिफारिश गर्ने बाटो खुलेको बताए । ‘कतारसँगको सम्झौता एउटा मोडल हुन सक्छ, उनले भने, ‘अब हामी यसलाई आधार मानेर खाडीका अन्य राष्ट्र र मलेसियाको मानव अधिकार आयोगसँग सम्बन्ध अगाडि बढाउन पहल गर्नेछौं ।’

सम्झौता पत्र अनुसार कामदार माथि हुने शोषण, तस्करी र बाध्यकारी श्रम रोक्न आआफ्ना सरकार, कार्यान्वयन गर्ने निकायलाई आग्रह गर्ने, कामदारको चेतनामा बृद्धि ल्याउने, अन्तराष्ट्रिय मापदण्ड अनुसार कामदारको आपुर्तिको अभ्यास गराउने, आवश्यकता अनुसारको तालिम प्रदान गर्दै लैजानेछ ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय