कुटुम्बले युएई घन्काउने 

भुपराज बस्याल, दुवई, कात्तिक ३० 

आगामी डिसेम्बर ११ तारिखका दिन दुबईको देह्रामा नेपालको चर्चित कुटुम्ब ब्याण्डले प्रस्तुति दिने भएको छ ।  दुवईमा आयोजित पत्रकार सम्मेलनमा युएईमा समाजसेवीका रुपमा चिनिएका सालिक सुबेदीले यो जनाकारी दिएका हुन् । कुटुम्वलाई सुवेदी लगायतको समुहले युएई ल्याउन लागेका हुन । 

संगीतमा सवै रमाउन सक्ने भन्दै उनले सो कार्यक्रममा स्थानीयबासी पनि सहभागि हुन सक्ने सुवेदीले बताए । उनले भनेः हामी नेपालको संगीतलाई युएईमा चिनाउन लागिपरेका छौ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको भनाई थियो ।  

आयोजकले कार्यक्रम सफल बनाउन सवैलाई सहयोगको आग्रह गरेको छ । कार्यक्रममा ५ सयवटा मात्र टिकट बाँडिने आयोजकले जानकारी दिएका छन् ।  सम्पूर्ण बाजागाजा सहित हिड्नु पर्दा निकै खर्चिलो मानिने कुटुम्व ब्याण्ड युरोपका विभिन्न देशहरुमा यसअघि पुगिसकेको भएपनि खाडीमा भने पहिलो पटक आउन लागेको हो । कार्यक्रमको प्रायोजन नमस्ते ट्राभल एण्ड टुरिजमले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: