कतारमा दुर्घटनाको पहिलो कारण मोवाइल र सेल्फी 

काठमाडौं, कात्तिक ३० 

कतारमा हुने गाडी दुर्घटनाको मुख्य कारक गाडी चलाउँदा मोवाइल प्रयोग गर्नु र सेल्फी खिच्नु रहेको अनुसन्धानले देखाएको छ । ट्राफिक प्रहरीका एक बरिष्ठ अधिकारीले दुर्घटनाको कारणमा मोवाइल नै पहिलो देखिएको बताए । 

कतार ट्रिव्यूनका अनुसार गाडी चलाउँदा चलाउँदै मोवाइलबाट एसएमएस पठाउने, फोनमा कुरा गर्ने र सेल्फी खिच्ने गरेका कारण सडकमा दुर्घटना हुने गरेको देखिएको हो । कतारमा नेपाली आप्रवासी कामदारको मृत्युको कारणमा हृदयाघात पछि सडकमा हुने दुर्घटना दोश्रो ठूलो कारण हो । सडक पार गर्ने क्रममा गाडीले किचेर बर्षेनी सयौं नेपाली कामदारको मृत्यु हुने गरेको छ ।   

ट्राफिकका वरिष्ठ अधिकारी लेफ्टीनेन्ट फाहद मुवारक सेरिदा अल अव्दुल्लाहका अनुसार गाडी चलाउँदै गर्दा मोवाइलबाट फोटो खिच्ने तथा फेसबुक, ट्वीटर तथा ह्वाट्स्एप जस्ता सामाजिक सञ्जालको प्रयोग गर्नेहरुले नै ८० प्रतिशत दुर्घटना गराएको भेटिएको छ । 

कतारमा गाडी चलाउँदै गर्दा मोवाइल चलाउनु गैरकानूनी मानिन्छ र त्यस्तो गरेको कसैलाई भेटेमा प्रहरीले ५ सय रियाल जरिवाना गर्ने गरेको छ । यसले गाडी चलाउँदा मोवाइल प्रयोगलाई केहि कम गरेपनि अझै पनि यो ठूलो समस्या देखिएको प्रहरीले बताएको छ । केहि कम्पनीहरुले भनें गाडी चल्न थालेपछि मोवाइललाई आफैं निस्कृय बनाउने एप्लीकेसनको प्रयोग समेत गर्न थालेका छन् । यसको नतिजा भनें आउन बाँकी नै छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय