थेजिगुम, इन्स्योरेन्स तथा कम्पनीबाट पाउन बाँकी रहम दावी गर्न आग्रह 

सोल, कात्तिक ३०- कोरियावाट आफ्नो भिषा अबधि पुरा गरि वा बिबिध कारणबस बिचैमा काम छोडी स्वदेश फर्कीसकेका  इपिएस कामदारले पाउनु पर्ने थेजिगुम, इन्सोरेन्स तथा कम्पनिमा बाँकि रहेको तलब आदिबाट जम्मा हुन आएको रकम १ अर्व २७ करोड कोरियन वन निष्क्रिय अवस्थामा रहेको यहाँको निष्क्रिय दावी ब्यबस्थानपन समितिले जानकारी गराएको छ । 

सन् २०१५ को अप्रिलसम्म जम्मा हुन आएको कुल रकम १ अर्व २७ करोड वन व्यवस्थापन समितिमा सुरक्षित अवस्थामा रहेकोले उक्त रकम उपर दावी गर्न स्वदेश फर्किएका इपिएस कामदारलार्इ समितिले अनुरोध समेत गरेको छ ।

प्रारम्भिक चरणमा इपिएस कामदारहरुले यो रकम उपर स्वदेश फर्किएको दुर्इ बर्ष भित्र आफ्नो फाइल दावी गर्न सक्नेछन । उनीहरुले आफ्नो पाउनु पर्ने रकम दावी गर्नको लागि आफ्नो देशको एचआरडी कोरिया शाखा वा  इपिएस सेन्टरबाट पासपोर्टको फोटोकपी, आइडी कार्डको फोटोकपी, व्यक्तिगत बैंक खाता नम्बर बिमा आबेदन फारम र अन्य कागजात सहित निबेदन पेश गर्न सक्ने छन् । कोरियाले इपिएस मार्फत नेपाल लगायत १५ देश बाट  कामदारको आपूर्ति गर्दै आइरहेको छ ।

त्यस्तै स्वदेश फर्किएका इपिएस कामदारले आफुले पाउनु पर्ने रकमको बारेमा जान्न चाहेमा सामसंङ कल  सेन्टरको नम्बर ०२२११९२४०० मा फोन गरि जानकारी लिन सक्ने समेत समितिले जानकारी गराएको छ । समितिले यसरी दावी सहित परेका निबेदन उपर छानबिन गरि निजको ब्यक्तिगत खातामा रकम ट्रान्सफ़र गर्ने समेत ब्यवस्था मिलाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: