कोरियामा ५१ मजदुर पक्राउ, प्रहरीको कुटाईले थुप्रै घाइते 

सोल, कात्तिक ३०- कोरिया सरकारले ल्याएको कडा शिक्षा तथा श्रम  नीति बिरुद्द  गत शनिबार सोलमा भएको बिशाल बिरोध प्रदर्शनमा  प्रहरीले ब्यापक धरपकड गरेको छ । कोरियामा रहेका ५३ वटा मजदुर संगठन  र नागरिक समाजका गरि करिब एकलाख तीस हजार मानिसहरुले प्रदर्शनमा भाग लिएको कोरिया टाइम्सले समाचार लेखेको छ । 

सोलको ग्वाङ्ह्वानाम क्षेत्रमा गत शनिबार भएको सो बिरोध प्रदर्शन कोरियाको इतिहासमा सन् २००८ यताकै सबैभन्दा ठुलो प्रदर्शन भएको जनाइएको छ । सोल प्रहरी एजेन्सीका अनुसार शनिबार अबेरसम्म चलेको उक्त बिरोध प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि दङ्गा प्रहरी परिचालन गरिएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । धरपकडमा पानीको फोहोरा, लाठी आदिको प्रयोग गरिएको थियो भने भने ५१ जनालाई पक्राउ समेत गरिएको थियो । पक्राउ पर्ने मध्य ४९ जनालाई अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।

उक्त हिंसात्मक प्रदर्शनमा घाइते भएका २९ जनालाई सोल नेशनल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको छ भने प्रहरीको कुटाइबाट सक्त घाइते भएका एकजना ६९ बर्षीय बीक नामका किसानको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । उनलाई प्रहरीको कुटाइ पछी ब्रेन हेम्रेज भएको अस्पताल स्रोतले बताएको छ । 

यसभन्दा पहिला गत शुक्रबार मात्रै रास्ट्रपति पार्क ग्युन हे को सरकारले एक बक्तब्य जारी गरि कुनैपनि गैह्र कानुनी प्रदर्शन नगर्न कडा चेतावनी दिएका थिए भने यो प्रदर्शनलाइ कुनै जायज माग नभई गैह्र कानुनी रुपमा राष्ट्रको मेरुदण्ड कमजोर गराउने उदेश्यले सिधै प्रहरी माथि गरिएको आक्रमण हो भनि टिप्पणी समेत गरिएको थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय