संकलन केन्द्रका कारण किसानलाई सजिलो 

दैलेख, कात्तिक ३०- वजार भरी बिक्रीका लागि तरकारी डुलाउने राकमका किसानहरु संकलन केन्द्र स्थापना भएपछि तरकारी डुलाउने समस्यावाट मुक्त भएका छन् । साँझ वारीमा फलेको तरकारीलाई संकलन गरेर सिधै संकलन केन्द्रमा लेगरेर बिक्री गर्न थालेका हुन् ।

राकम कर्णालीमा हाटवजार र संकलन केन्द्र वनेपछि त्यस भेकका कृषकलाई आफ्नो उत्पादन बिक्री वितरण गर्न सजिलो भएको छ । गत वर्ष यसै समयमा उही किसान विहानै बाटोमा खाने खानाको पोको लिएर तरकारीको डोको बिक्री गर्न तिलेपाटा–७ लामिछाने गाँउका ४५ वर्षे गाने कामी विभिन्न बजारहरुमा घुमाउँथे । गाँउमा बिक्री नहुने भएपछि आफुले गरेको उत्पादन गरेका तरकारी ३ देखी ४ घण्टाको पैदल हिडेर नजिकका बजारमा बिक्री गर्नुपर्ने बाध्यता थियो ।

कहिले डोकोमा लगेको तरकारी नै बजारमा पुग्दैन । कहिले त बिक्री नहुँदा सस्तोमा बिक्री गरेर फर्कनुपर्ने किसान गाने कामीका लागि कुनै अनौठो नभई परिवार पाल्ने जोहो र केही कमाउनका लागि नियमित काम थियो । हाल नजिकै राकम कर्णालीमा हाट वजार वनेकोले आफ्नो विगतमा डुलाउदा लाग्ने समय वचत भएको गाने कामीले सुनाए । ‘वचत भएको समयलाई तरकारी खेतिमा लगाउने गरेको छु’ उनले भने, ‘संकलन केन्द्र स्थापना भएपछि समय वचत संगै तरकारी बिक्री नहुने हो की भन्ने चिन्ता समेत हटेको छ ।’

उनी हप्तामा ३ देखी ४ दिन पश्चिम दैलेखको टुनीबगर, राकमकर्णाली र खिड्कीज्यूलाका होटल तथा पसलहरुमा तरकारीको डोको चाहार्दै समय खर्चिन्थे । अरु दिन परिवारसँगै तरकारीको हेरचारमा व्यस्त उनी यसअघि भारतमा ज्याला मजदुरी गरेर धौधौ सँग परिवारको खर्च टार्ने गर्दै आएका थिए । कहिलेकाकी भारतमा निकै दुःख गरेर कमाएको पैसा लुट्दा विचल्लीमा परेको कामीसँग दर्दनाक अनुभव समेत छ । जीवनमा धेरै दुःखकष्ट बेहोरेका कामी पछिल्लो वर्षहरुमा गाँउमै व्यवसयीक तरकारी खेती गर्न थालेका हुन् । विदेशमा गरेजतिकै दुःख आफ्नो गाँउ ठाँउमा गरे सहजै परिवार पालेर केही पैसा कमाउन सकिने देखेर तरकारी खेती गरेको गानेले बताए ।

९ जनाको परिवार रहेको उनको तरकारी खेतीमा परिवारबाट पनि उत्तिकै सहयोग पाएका छन् । ‘भारतमा काम गर्न जान छाडेर गाँउमै तरकारी खेती गरे, उनले भने, ‘गाँउमा बिक्री नहुने भएपछि आफैले बोकेर नजिकका बजारहरुमा तरकारी डुलाउँथे, अहिले नजिकै हाट वजार र संकलन केन्द्र भएपछि त्यही लगेर बिक्री गर्दछु ।’ घर नजिक प्लाटिक घरभित्र टमटर फलाएका छन् भने बारीमा रहेको बन्दा, काउली, मुला बिक्री गरिरहेका छन् । नर्सरी ब्यवस्थापन र बनस्पतिक विषादी तयारी, रोग किरा नियन्त्रण आदि सम्वन्धि तालिम लिएपछि तरकारी खेती गर्न अझ सहज भएको उनले बताए । प्राविधिक ज्ञान पाएपछि आफुलाई तरकारी लगाउन सजिलो भएको बताए ।

उन्नत र बैमौसमी तरकारीको विउको खोजीमा रहेको बेला सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल दैलेखको सामाजिक परिचालन र हेल्भेटास स्वीस इन्टर कोअपरेशन नेपालको प्राविधिक सहयोगमा संचालित ग्रामीण पहुँच कार्यक्रम तेश्रो चरण सामाजिक आर्थिक विकास कार्यक्रमवाटले विउ बिजन कार्यक्रमबाट सहयोग भएपनि आफुलाई सहयोग पुगेको किसान गानेले बताए । ‘यो सिर्जनमा टमटरबाट मात्रै ४५ हजार कमाए’ उनले भने, ‘परिवारसँग बसेर भारतमा भन्दा राम्रो कमाई हुने गरेकाले अरुलाई पनि गाँउमै कुनै न कुनै व्यवसाय गर्न सल्लाह समेत दिदै आएको छु ।’

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय