नेपालको ट्रेड यूनियनद्धारा फ्रान्सेली यूनियनलाई सन्देश

   

काठमाडौं, कात्तिक २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)ले फ्रान्सको राजधानी पेरिसका विभिन्न ठाउँमा भएको आतंककारी आक्रमणको भत्र्सना गर्दै थुप्रै निर्दोष व्यक्तिहरु हताहत भएको, कयौं घाइते भएको सो घटनाको निन्दा गरेको छ । 

जिफन्टका महासचिव विष्णु लम्सालले फ्रान्सेली ट्रेड यूनियन महासंघ(सिजिटी)का महासचिव फिलिप मार्टिनेजलाई समवेदना सन्देश पठाउँदै दुःखको समयमा आफूहरु फ्रान्सेली जनताको साथमा रहेको बताएका छन् । 

घटनास्थलबाट देखाइएका मर्मस्पर्शी दृष्यहरुले सम्पूर्ण नेपालीलाई स्तव्ध बनाएको भन्दै आतंककारी सन्देशमा आक्रमणको भत्र्सना गरिएको छ । यो अक्रमण केवल फ्रान्सेली जनताहरु प्रति मात्र नभई खुल्ला प्रजातान्त्रीक विचार राख्ने सम्पूर्ण समाजप्रति भएको सन्देशमा उल्लेख छ । 

महासचिव लम्सालले सन्देशमा यो दुःखद समयमा नेपालको मुख्य ट्रेड यूनियन, नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) फ्रान्सेली जनताको साथमा रहेको उल्लेख गरेका छन् ।सन्देशमा भनिएको छः आतंककारी कृयाकलाप विरुद्धको लडाईमा जिफन्टको साथ छ । 

“जिफन्ट र यसका ४ लाख सदस्यहरुको तर्फबाट पीडित परिवार तथा सम्पूर्ण फ्रान्सेली जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछु” समवेदना सन्देशमा भनिएको छ । सन्देशमा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 

गत नोभेम्वर १३ तारिखका दिन फ्रान्सको राजधानी पेरिसका विभिन्न ठाउँमा आतंककारी आक्रमण भएको थियो । सो आक्रमणमा परी १ सय २९ जनाले ज्यान गुमाइ सकेका छन् भनें अरु धेरै घाइते छन् । सो आक्रमणको जिम्मा इराक, सिरिया लगायतका देशहरुमा दवदवा जमाइरहेको आतंककारी संगठन इस्लामिक स्टेट(आइएस)ले लिएको छ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: