
काठमाडौं, कात्तिक २९ आइतवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९९ पैसा र विक्रि दर २९ रुपैंयाँ १५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ९० पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया १४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३० पैसा रहेको छ । रियाल र दिरहम दुवैको सटही दर तिहारको विदा सुरु हुनुअघिको भन्दा केहि कम हो ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ २७ पैसा छ । यो पनि घटेको मूल्य हो । मलेसियन रिंगिटको भाउ केहि समययता निक्कै घटेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
कुवेती दिनारको खरिददर ३४७ रुपैंया ४३ पैसा छ । बहराइन दिनारको खरिददर २७९ रुपैंयाँ ७८ पैसा छ । यी दुवैको सटही दर पनि घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।