कतारमा एक नेपालीको शंकास्पद मृत्यु 

हेटौडा, कात्तिक २९

पाँच महिनाअघि कतार पुगेका मनहरी–८ रजैयाका ३१ वर्षीय कुमार विश्वकर्मा मृत अवस्थामा भेटिएका छन् । उनी कार्तिक २४ गते मृत फेला परेका हुन् । तिहार मनाउने तयारीमा जुटेका विश्वकर्माको परिवारले लक्ष्मी पुजाको दिन कुमारको मृत्यु भएको खबर पाएका थिए । आफैंले चलाएको गाडीको अघिल्लो टायर मुनि कुमारको शव भेटिएको परिवारलाई जानकारी दिइएको छ । 

गत साउन महिनामा काठमाडौंको जानकी ओभरसिज प्रालिबाट कतारको न्यू होराइजन कन्ट्राक्टिङ एण्ड मेइनान्स डब्लु एलएल कम्पनी सनैया ५२ लेफ्ट साइडमा सवारी चालकको कामका लागि उनी गएका थिए । आफैंले चलाएको गाडी मुनि ५ दिन अघि मृत अवस्थामा भेटियो भन्ने खबर आएको छ,’ मृतकका दाइ राजकुमारले भने, ‘आफैले चलाएको गाडीको टायरमुनि कसरी मृत्यु भयो । पत्याउन सकेका छैनौं ।’ कतारमा रहेका उनका आफन्त एवं साथीभाइले दिएको जानकारी अनुसार मृतकको टाउकोमा चोट लागेको छ । 

‘आफैंले चलाएको गाडीले आफैंलाई कुल्चेर अढाई सय मिटर पर गएर गाडी रोकिएको छ भन्ने जानकारीमा आएको छ,’ घटनाको अवस्था बारे आफूलाई आएको सूचनाको विषयमा जानकारी दिँदै मृतकका बुवा गोपी विश्वकर्माले भने, ‘यस्तो अवस्थामा कम्पनीले आत्महत्याको रिपोर्ट बनाउन लागेको भन्ने कुरा आएको छ ।’ 

छोराको मृत्यु शंकास्पद रहेको विश्वकर्मा परिवारको ठम्याई छ । शव राखिएको अस्पतालमासमेत अन्य नेपालीलाई जान नदिएको बताइएको छ । मृतकका परिवारले घटनाको विषयमा सत्यतथ्य बुझेर सोही अनुसारको कदम चाल्न सरकार र विदेश पठाउने कम्पनीसँग अनुरोध गरेका छन् । मृतकको श्रीमती, एकछोरा र एक छोरी छन् ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय