पासपोर्ट फ्याँकेपछि भयो उन्नती 

गुल्मी –विदेश पठाउने दलालले पैसा ठगी गरे पछि गुल्मी सिमिचौरका एक युवाले पासपोर्ट च्यातेर गाउँमा तरकारी खेतीवाट विदेशमा भन्दा बढि कमाई गर्दै आएका छन् । रेसुङ्गा नगरपालिका–११, सिमिचौर महराईका २८ वर्षीय युवा विनोद कुँवरले विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीबाट विदेशमा भन्दा बढि आम्दानी लिदै आएका हुन् ।  

कुँवर भन्छन्–‘दश एघार वर्ष भारतमा मजदुरी गरें । त्यस पछि विदेश जाने चक्करमा लागे । दलाललाई ५० हजार दिई सकेको थिएँ । दुई महिना सम्म पठाउछु भनेर काठमाण्डौंमा राख्यो । तर पठाउछु पठाउछु भन्दा भन्दै दलाल उक्त रकम लिएर भाग्यो । म वेखर्ची भएर घर फर्किने अवस्था आयो । मेरो पालो विदेशको सपना सधैका लागि त्यागेर पासपोर्ट च्यातेर घर फर्किएँ ।’  

उनले थपे–‘ घर फर्किए लगत्तै सानो क्षेत्रफलमा व्यवसायीक तरकारी खेती सुरु गरे । त्यसबाट हौसिएँ । परम्परागत कोदो, मकै र खेतीको आठौं गुना आम्दानी तरकारी खेतीबाट हुने रहेछ । क्रमशः बढाउदै गएँ र अहिले १८ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्छु । त्यसबाट खर्च कटाएर पनि वार्षिक ६ लाख भन्दा बढि आम्दानी लिने गरेको छु । ’    

उनले २ रोपनीमा गरेको अकवरी खुर्सानीबाट मात्र वार्षिक २ लाख आम्दानी लिने गरेका छन् । डेढ रोपनीमा लगाएको कांक्राबाट वार्षिक २ लाख, चार मौसमे जातको सिमिबाट वार्षिक ५० हजार, ६ हजार विरुवा फुल गोपीबाट वर्षिक डेढ लाख आम्दानी लिने गरेका छन् । त्यस्तै बन्दागोपीबाट वार्षिक ५० हजार, लौकाबाट वार्षिक २२ हजार, करेलाबाट वार्षिक ४० हजार, घिउ सिमीबाट वार्षिक ३२ हजार, भाण्टाबाट १५ हजार, ब्रो काउलीबाट ६० हजार, विभिन्न जातको सागबाट ६० हजार र केराउबाट वार्षिक १० हजार सहित वार्षिक झण्डै १० लाखको कारोवार गर्दछन् ।    

दैनिक ३ जना स्थानीयलाई रोजगार दिएका उनि आफु विहान देखि साँझ सम्म सदरमुकाम तम्घासमा तरकारी वेच विखन गर्न खटेका हुन्छन् । दुध समेत दैनिक तम्घासमा वेच्दै आई रहेका उनले विदेशमा जानेहरुले भन्दा बढि कमाउने गरेको बताउँ छन् । जिल्ला कारागार, अन्य सरकारी कार्यालयमा समेत तरकारी पुराउने गरेका कुँवरले रिडर्श पव्लिक हाई स्कुल तम्घासको होस्टेलमा दैनिक तरकारी पुराएर त्यसैबाट तिन जना छोरा छोरीहरुलाई वोर्डिङ्ग पढाएका छन् ।    

हालै ललितपुरमा रहेको दायित्व नयाँ घर नामक संस्थाको सहयोगमा एकीकृत ग्रामिण विकास समाज गुल्मीले आयोजना गरेको नविनताको खोजी नामक प्रतियोगितामा जिल्लाका २ सय ३१ जना उद्यमीहरु मध्ये उत्कृष्ट ४०, उत्कृष्ट २० हुँदै उत्कृष्ट १० मा परेका कुँवर विभिन्न संघ संस्था र दोश्रो गुल्मी महोत्सवबाट समेत उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएका छन् । उनले अव तरकारी खेती वा व्यवसायीक पशु पालन गरे कुनै पनि युवाहरु पैसा कमाउनका लागि विदेश जान नपर्ने अनुभव सुनाउछन् । 

फोनिजकोरियाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: