काठमाडौं, कात्तिक २६ 

कतारका श्रम मन्त्री डा. अव्दुल्लाह सलेह मुवारक अल खुलेफीले कतार सरकार कामदारको सुरक्षा र उनीहरुले काम गरे वापत पाउने तलव दिलाउन प्रतिवद्ध रहेका बताएका छन् । उनले कतार सरकार यसअघि गरिएका विभिन्न सहमति अनुरुप आफ्नो नियमित रिपोर्ट सम्वन्धित निकायमा पठाउन समेत प्रतिवद्ध रहेको बताएका छन् । 

कतारलाई आफ्ना देशमा कार्यरत कामदारलाई विभिन्न कम्पनीद्धारा समयमा तलव नदिइएको, कामदारलाई दास सरह व्यवहार गरेको लगायतका अभियोग लागेको छ ।

स्वीजरल्याण्डको जेनेभामा आइएलओको बैठकमा बोल्दै कतारी श्रम मन्त्री खुलेफीले कतार सरकारले आफ्नो जानकारीमा आएका गुनासालाई गम्भीरतापूर्वक लिएर काम गर्ने गरेको बताए । 

उनले १ सय ३० भन्दा बढी देशबाट आएका लाखौं आप्रवासी कामदारको व्यवस्थापन स्वयं कतार सरकारका लागि पनि चुनौतिपूर्ण भएको बताए । छोटो समयमा नै कतारको कुल जनसंख्याको ८५ प्रतिशत आप्रवासी कामदार पुगिसकेका छन् । कतार सरकारले हालै आप्रवासी कामदारलाई नै लक्षित गर्दै श्रम ऐनका कतिपय व्यवस्थाहरुमा परिवर्तन गरेको खुलेफीले बताएका छन् । उनले कामदारको सुरक्षा लगायतका विषयलाई नयाँ कानूनले बढी संरक्षण गरेको धारणा राखे । 

मन्त्रालयले कामदारको तलव, सुविधाको ग्यारेन्टी लगायतका विषयलाई व्यवहारमा ल्याउन भूमिका खेलिरहेको उनले बताए । नोभेम्वर २ तारिख देखि कम्पनीहरुलाई बैंक मार्फत मात्र आफ्ना कामदारलाई तलव भुक्तानी गर्न निर्देशन दिइएको मन्त्री खुलेफीको भनाई छ । तलव भुक्तानी सम्वन्धि सम्पूर्ण कामगजात ७ दिन भित्र मन्त्रालयलाई उपलव्ध गराउनु पर्ने नयाँ व्यवस्था गरिएको उनले प्रष्ट्याए । 

कामदारलाई एक महिना मात्र ढिलो तलव दिइए पनि त्यस्ता कम्पनीका सञ्चालकलाई कारवाही हुने उनले जानकारी गराए । त्यस्ता कम्पनीहरुले आर्थिक जरिवाना देखि कामदार ल्याउन नपाउनेसम्मको व्यवस्था गरिएको उनको भनाई छ । 

उनले कतार निर्माणका लागि कार्यरत आप्रवासी कामदारको सुरक्षा र उनीहरुे काम गरे वापत पाउन’ पर्ने तलवका बारेमा कतारका शेख समेत चनाखो रहेको बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय