युएईमा नयाँ नियमः कार्यथलोमा हुने दुर्घटना लुकाए १० हजार दिरहम जरिवाना 

काठमाडौं, कात्तिक २६

युएईमा कार्यथलोमा हुने दुर्घटनाका घटना लुकाउन खोजे १० हजार दिरहम(झण्डै २ लाख ८० हजार)सम्म जरिवाना हुने भएको छ । श्रम मन्त्रालयले यस्तोे व्यवस्था गरिएको बुधवार जनाएको छ । मन्त्रालयले गरेको नयाँ व्यवस्था अनुसार तीनदिन वा सो भन्दा बढी समयसम्म काम गर्न आउन नसक्ने गरी भएको दुर्घटनाका बारेमा अवदेखि सम्वन्धित कम्पनीले मन्त्रालयलाई २४ घण्टाभित्र जानकारी दिनुपर्नेछ । 

काम गर्दा गर्दै वा काम गर्न आउँदा जाँदा हुने दुर्घटनामा परेर कामदार तीनदिन भन्दा बढी समयसम्म काममा आउन नसक्ने भएमा जानकारी दिनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 

यसैगरी मन्त्रालयले कम्पनीहरुलाई कार्यथलोमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेको छ । यदि कार्यथलोमा कोहि घाइते भएमा सो कामदारको उपचार सम्वन्धि सम्पूर्ण व्यवस्था कम्पनीले नै गर्नुपर्ने मन्त्रालयले प्रष्ट पारेको छ । उपचार गर्नलाग्ने समयसम्म तलवी विदा उपलव्ध गराउनुपर्ने र भविष्यमा काम गर्न नसक्ने भएमा क्ष्क्षतिपूर्ति दिनुपर्ने जनाइएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: