
काठमाडौं, कात्तिक २६-भारतको सीमलाबाट मजदुरी गरी तिहार मनाउन घर फर्किदै गर्दा तीन नेपालीको दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा करिव ९ जना घाइते भएको बाँकेका प्रहरी उपरीक्षक बसन्तराज पन्तले बताए । मृत्यु हुनेमा जाजरकोट जिल्लाका हुन । उनीहरुको नाम खुल्न नसकेको उपरीक्षक पन्तले बताए । घाईतेहरुको उपचार लखिमपुर अस्तपालमा भइरहेको छ ।
मृतकको सनाखत र घाइेतेहरुको उपचारका लागि भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
गाडी रिजर्ब गरेर फर्किदै गरेका नेपाली सवार गाडी बुधबार दिउँसो भारतको लखिमपुर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनाका प्रत्यक्षदर्शी जाजरकोटकै वीरेन्द्र नेपालीसहित ६ जना नेपालगन्ज फर्किको प्रहरीले जनाएको छ । नेपालीहरु चढेको गाडीलाई एक ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।
कान्तिपुरबाट