रियाल, दिरहम, दिनार सवैको मूल्य बढ्यो, रिंगिट घट्यो

   

काठमाडौं, कात्तिक २४ मंगलवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ १० पैसा र विक्रि दर २९ रुपैंयाँ २६ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा झण्डै ३० पैसा बढी हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ८३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ छ । यो पनि प्रति दिरहम ३० पैसा बृद्धि हो । साउदी रियालको खरिददर २८ रुपैंया २४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४० पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ २२ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३६ पैसा छ । यो अघिल्लो दिन भन्दा १२ पैसा कम हो । मलेसियन रिंगिटको भाउ केहि समययता निक्कै घटेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । 

कुवेती दिनारको खरिददर ३४८ रुपैंया ४१ पैसा छ । बहराइन दिनारको खरिददर २८० रुपैंयाँ ६८ पैसा छ । यी दुवैमा अघिल्लो दिनभन्दा झण्डै तीन रुपैंयाँ बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय