५० नेपाली कामदार विचल्लीमा  

साउदी अरब, कात्तिक २३

रोजगारदाता कम्पनीले आवासीय अनुमति पत्र नवीकरण नगरिदिँदा साउदी अरबको एक कम्पनीमा कार्यरत ५० नेपाली कामदार विचल्लीमा परेका छन् । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिक ग्रुप कम्पनी (एमएमजी) मा कार्यरत ती नेपाली कामदारको आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा विचल्लीमा परेका हुन् । 

कम्पनीले आवासीय अनुमतिपत्र नवीकरण नगरिदिँदा त्यहाँ कार्यरत नेपाली कामदारले एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका छन् । अधिकांश नेपाली कामदारको एक वर्ष र केही नेपालीको दुई वर्षदेखि नवीकरण हुन सकेको छैन । लामो समयदेखि आवासीय अनुमतिपत्रमा नवीकरण नगरेर कम्पनीले दमाम क्याम्पमा ३० जना र जुवैल क्याम्पमा २० जना नेपाली कामदारलाई बन्धक बनाएर राखेको पीडित नेपालीहरुले बताएका छन् । उनीहरुले १२ महिनाको तलबसमेत पाउन सकेका छैनन् । 

आवासीय अनुमतिपत्रको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ । अनुमतिपत्रको म्याद गुज्रेपछि नवीकरण नगरिएको खण्डमा गैर कानुनी हुने भएकाले बाहिर निस्कन नपाउने र चेकका क्रममा प्रहरीले भेटेको अवस्थामा पक्राउ गरी सिधै जेल हाल्ने साउदी अरवको नियम छ ।  उनीहरुले आफूहरुकोे उद्धारमा साउदी अरबमा रहेको नेपाली दूतावासले चासो नदिँदा विचल्लीमा परेको गुनासो समेत गरेका छन् । आफूहरुले भोग्दै आएको समस्याका विषयमा दूतावासलाई जानकारी गराएको भएपनि दूतावासले बेवास्ता गरेको पीडित कामदारले बताएका छन् । 

आफूहरुले भोग्नुपरेको समस्याका विषयमा आठ महिनाअघि नै पटक पटक दूतावासलाई लिखित र मौखिक जानकारी गराइए पनि सुनुवाइ नभएकोे स्याङ्जा रापाकोटका महेश पौडेलले  गुनासो गरे । पीडित पौडेलका अनुसार कम्पनी घाटामा गएपछि त्यहाँ कार्यरत नेपाली कामदारसहित फिलिपिनी र भारतीय कामदारलाई तलब दिन छोडेको र अनुमतिपत्रमा समेत नवीकरण नगरी दिएको हो । 

तलब नपाएका र अवैधानिक भएर बसेका फिलिपिनी र भारतीय कामदारलाई भने उनीहरुको दूतावासले उद्धार गरेर स्वदेश पठाइसकेको छ । नेपाली कामदार भने नेपाली दूतावासले पहल नगरेकै कारण विचल्लीमा परेकोे त्यहाँ रहेका नेपालीको भनाइ छ । 

दूतावास प्रतिनिधि हरि घिमिरेले रोजगारदाता कम्पनीसँग छलफल गरेर रमादानअघि नै स्वदेश पठाउने आश्वासन दिएको भएपनि हालसम्म केही हुन नसकेको र नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल गरिरहेको बताए ।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: