युएईमा बलात्कार, गर्भवती र जेलको त्रास 

काठमाडौं, कात्तिक २३ 

खाडीका देशमा घरेलु कामदार महिलाको जीवन सहज छैन । एकातिर भाषाको समस्या, कामको चाप र अर्कोतिर सामाजिक असुरक्षा ठूलो छ । युएईमा आप्रवासी महिला कामदार जो विशेषगरी घरेलु कामदारका रुपमा पुगेका हुनछन् उनीहरुमाथि बलात्कार हुने, गर्भवती हुने र जेल पर्ने गरेका घटना थुप्रै हुन्छन् । तिनिहरुमा विभिन्न देशबाट आएका महिलाहरु पर्ने गरेको भेटिएको छ । 

ति महिला बलात्कारमा परेका थिए भन्ने समेत कतिपय घटनामा खुल्दैन । अर्थात पीडित महिलाले यो विषयलाई सकेसम्म त्रासका कारण लुकाएर राख्न खोज्दा उनीहरु एकमात्र दोषि ठहरिने र जेल जीवन विताउनु परिरहेको छ । फिलिपिन्सबाट घरेलु काम गर्न आएकी मोनिकाले भोगेको समस्या यस्तै छ । फिलिपिन्सको एउटा गाउँकी मोनिका ३ बच्चाकी आमा हुन् । श्रीमानले परिवारको हेरचाह नगरेपछि रोजगारीको खोजिका क्रममा मोनिका युएई पुगेकी हुन् । 

उनी जव युएई पुगिन् उनी निक्कै खुसी थिइन् । आफ्ना छोराछोरीको उज्वल भविष्यका लागि एक ईमिराती परिवारको घरेलु कामदार हुन पुगेकी उनी खुसी नै थिइन् । तर, केहि समयपछि उनले जीवनमा कल्पना नै नगरेको एउटा घटना भयो । परिवारका सवै सदस्य घर बाहिर गएका थिए । उनी भान्सामा खाना बनाउँदै थिइन् । अकस्मात सोही घरमा गाडी चालकको काम गर्ने पाकिस्तानी हातमा छुरी लिएर पस्यो र उनलाई हातपात गर्यो । हतियार देखेपछि उनले प्रतिवाद गर्न सकिनन् । यसरी उनी बलात्कारको शिकार भइन् । 

उनले सो घटनाका बारेमा कसैलाई भन्न सकिनन् । किनकी उनले घटना सार्वजनिक भएमा जेल पर्नुपर्ने थाहा पाएकी थिइन् । त्यसैले उनी सकेसम्म युएईबाट उम्किएर आफ्नै देश फर्किने प्रयत्नमा लागिन् । सात महिना पछि फिलिपिन्सको एक रेडियो कार्यक्रममा मोनिकाले आफ्नो समस्या भन्ने मौकाम पाइन । उनको अन्तर्वार्ता प्रशारण भएपछि उनलाई फिलिपिन्सको सरकारले युएईबाट उद्धार गरेर स्वदेश फर्कायो ।  

यस्ता घटनाहरु युएईमा अनेकौं भइरहेका छन् । तर धेरैजसो घटनाहरु कि त सार्वजनिक हुन्नन् वा सार्वजनिक भएपनि केवल तिनै निर्दोष महिला नै जेल परिरहेका छन् । विविसीले त्यसरी बलात्कारमा परेका ५ जना महिलालाई समेटेर एउटा बृत्तचित्र बनाएको छ, मोनिका त्यसैकी एक पात्र हुन् । 

कतारडे डटकममा प्रकाशित    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: