
काठमाडौं, कात्तिक २३
सोमवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ८१ पैसा र विक्रि दर २८ रुपैंयाँ ९८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ५६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७३ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ९८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १४ पैसा रहेको छ । रियाल, दिरहम सवैमा अघिल्लो दिनभन्दा केहि बृद्धि हो ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ३३ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ४७ पैसा छ । मलेसियन रिंगिटको भाउ केहि समययता निक्कै घटेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
कुवेती दिनारको खरिददर ३४५ रुपैंया १८ पैसा छ । बहराइन दिनारको खरिददर २७८ रुपैंयाँ २९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।