एक नेपाली कामदार झुण्डिए

सोल, कात्तिक २३ 

कोरियामा रोजगारी गर्न आएका एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् ।  ईपिएस मार्फत ३० महिना अघि कोरिया आएका भोजपुर देउराली ९ का भीम  कार्की कम्पनि नजिकै झुन्डिएको अवस्थामा आइतबार फेला परेको फोनिजकोरियाले समाचार लेखेको छ । 

कार्की छल्लाबुक्दो, छङगुपमा रहेको उरी खोङजाङ (हाँसको मासुहरु तयार गर्ने सम्बन्धि कम्पनि) मा कार्यरत थिए । उनी शुक्रबार विहान ११ बजेसम्म काम गरेर सम्पर्कविहिन भएको सोही क्षेत्रमा कार्यरत एक नेपालीले बताए । मृतकको शव हाल नजिकको स्थानीय अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको  जनाइएको छ । 

मृतकका भाइ अमरबहादुर पनि  ४ महिनाअघि  कोरिया आएका छन । घटनाको बारेमा मृतकको घर परिवारलाई समेत जानकारी गराइएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय