युवालाई विदेश जान निरुत्साहित गर्ने नीति ल्याइने 

पाल्पा, कात्तिक २३ 

उद्योगमन्त्री सोम प्रसाद पाण्डेले बढ्दो युवाशक्तिको विदेश पलायन रोक्न स्वदेशी उद्योगलाई प्रोत्साहन गरिने बताएका छन् । युवालाई मुलुकमै आत्मनिर्भर बनाउन उद्योग ब्यवसाय फस्टाउनुपर्ने हुन्छ मन्त्री पाण्डेले भने त्यसका लागि स्वदेशी उद्योगको विकासमा सरकारले सहयोग गर्नेछ छ ।

नयाँ घर दायित्व संस्थाको सहकार्यमा इनोभेषसन एक्सन पाल्पाले संचालन गरेको इनोभेषन ल्यावको उद्घाटनमा गृहजिल्ला आएका मन्त्री पाण्डेले उद्योग व्यवसायबारे नयाँ कुरा सोच्ने र मुलुकमा केही नयाँपन ल्याउने बेला आएको बताए । उनले मुलुकलाई आत्मनिर्भर बनाउन पनि नयाँ नयाँ योजनाहरुको आवश्यकता रहेको बताए ।

मन्त्री पाण्डेले हामीसँग भएका साधन स्रोतको अधिकतम उपयोग गरेर उत्पादन सहितको आत्मनिर्भरमा सबै नेपालीहरुले जोड दिनुपर्ने बताए । उनले यस प्रकारको उदाहरणीय कार्य अगाडि बढाएको संस्थालाई धन्यवाद समेत दिए  । कार्यक्रममा उत्कृष्ठ कृषकलाई समेत सम्मान गरिएको थियो ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: