विदेशमा हुनुहुन्छ ? यी १० कुरामा ख्याल गर्नुस् 

काठमाडौं, कात्तिक २२

बैदेशिक रोजगारीका लागि परदेशिने नेपालीको संख्या ठूलो छ । दैनिक १५ सयको हाराहारीमा बैदेशिक रोजगारमा जाने नेपालीको बैदेशिक रोजगारी सजिलो भनें छैन । न्यून आम्दानी हुने र जोखिमपूर्ण काम गर्ने नेपालीको बैदेशिक रोजगारी अझै पनि अपेक्षाकृत सुरक्षित छैन । त्यसैले बैदेशिक रोजगारीका क्रममा तपाई विदेशमा हुनुहुन्छ भनें यी १० कुृरामा ख्याल गर्नुहोस्: 

१. विदेशमा बाटो काट्न धेरै ध्यान दिनु पर्दछ । तिव्र गतिमा गाडी चलाइने भएका कारण निश्चित ठाउँबाट मात्र बाटो काट्नु पर्दछ । 

२. सुरुमा गएको कम्पनी छोडेर भागेर गैरकानूनी रुपमा बस्नु हुन्न । त्यसरी बस्दा जेल सजाय हुन सक्छ तथा आपतविपद् पर्दा सहयोग पाउन मुस्किल हुन्छ ।

३. आफु बस्ने ठाउँमा एयर कण्डिसनरले धेरै चिसो बनाएर बस्नु, सुत्नु हुन्न । बाहिर चर्को गर्मीमा काम गरेर फर्केर आएपछि धेरै चिसो बनाएर झ्याल ढोका थुनेर सुत्दा निसास्सिएर धेरैको ज्यान जाने गरेको छ ।

४. अत्यधिक गर्मी हुने देशमा काम गर्दा प्रसस्त मात्रामा पानी पिउने गर्नुपर्दछ ।

५. गर्न सकिने काम मात्र गर्नुपर्दछ । ओभरटाइमको लोभमा शरिरलाई आराम नपुग्ने गरी काम गर्नु हुँदैन ।

६. कमाएको रकम सुरक्षित माध्यमबाट स्वदेश पठाउनु पर्दछ । हुण्डीको भरबाट रकम पठाउनु हुन्न । साथै फजुल खर्च गर्ने बानी गर्नुहुन्न । सधैं विदेशमा बसेर कमाउन सकिन्न भन्ने कुरालाई ध्यान दिएर सुरु देखि नै बचतको बानी गर्नुपर्दछ । त्यहि बचतले नै तपाई नेपाल फर्केपछि गरिखाने अन्य विकल्पहरु तयार पार्न मद्धत मिल्नेछ ।

७. पानमसला, गुट्खा, सूर्ती, मर्चा जस्ता कुरा विशेष गरी खाडीका मुलुकहरुमा प्रतिवन्धित कुरा हुन् । त्यस्ता बस्तुको प्रयोग गरेमा कडा सजायमा पर्न सकिन्छ । त्यसैले त्यसबाट टाढा बस्नुपर्दछ ।

८. लंगुरबुर्जा खेलाउने तथा खेल्ने काम गर्नु हुँदैन । त्यसो गरेमा कडा सजाय हुन्छ ।

९. सम्वन्धित देशको कानून, धर्म संस्कृतिको आदर गर्नुपर्दछ । मुस्लिम धर्म मान्ने मुलुकका आफ्नै कडा खालका नियम कानून हुन्छन् । त्यसको उल्लंघन गरेमा धेरै कडा सजायमा पर्न सकिन्छ । त्यसैले होस् गर्नु पर्दछ ।

१०. धेरै तनाव नलिनुहोस् । कुनै समस्या भएमा साथिभाइहरुसँग छलफल गर्ने गर्नुहोस् । कुनै कुरालाई लामो समयसम्म मनमा गुम्स्याएर नराख्नुहोस् । साथिभाइहरुसँगको छलफलले तपाईलाई हल्का बनाउँछ । 

तपाई यसमा अरु केहि थप्न चाहनुहुन्छ ? लेख्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय