विदेशमा हत्या गरिएका व्यक्तिका परिवारलाई सहयोग

काठमाडौं, कात्तिक २२

करिब तीन महिना पहिले कोरिया प्रवेश गरेको १५ दिनमै राति सुतेको अवस्थामा आफ्नै कम्पनिका सहकर्मी भोजपुरका पर्शुराम राईद्धारा चिर्पटले हानि हत्या गरिएका काभ्रेका सुदिप रावतको परिवारको राहतको निम्ति काभ्रे सम्पर्क समितिको पहलमा संकलित रकम १० लाख ५६ हजार २ सय ५५ रुपैंया राउतको नाममा अक्षय कोष स्थापना गरि उनको परिवारलाई हातान्तरण गरिएको छ ।

शंखुपाटीचौर स्थित श्री शंखेश्वर मा.बि.मा काभ्रे सम्पर्क समितिद्धारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि सोहि क्षेत्रका  सभासद रामहरी सुबेदी, बिशेष अथिति प्रमुख जिल्ला अधिकारी मदन भुजेल तथा कार्यक्रमका सभापति काभ्रे सम्पर्क समितिका अध्यक्ष गणेश तिमल्सिना द्वारा संयुक्त रुपमा राउतको परिवारलाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै  स्वर्गीय रावतको माइली छोरीको अध्यन खर्चको लागि किम्हे माइग्रेन्ट हाउसबाट यज्ञराज सुबेदीको बिशेष पहलमा आगामी ५ बर्षको लागि बार्षिक ६ लाख कोरियन वनका दरले प्रदान गरिने  भएको छ । दोषिले आफ्नो दोष स्वीकार गरिसकेकोले अब अदालतबाट सजाय सुनाउन मात्र बाँकी रहेको जानकारी गराउदै कोरियामा यस्तो घटना आगामी दिनमा कहिल्यै नदोहोरियोस भन्ने कामनाका साथ काभ्रेलिको दुख सुखमा सदैब काभ्रे सम्पर्क समितिको साथ रहने कुरा अध्यक्ष गणेश तिमल्सिनाले बताए । 

बिशेष अतिथि मदन भुजेलले बिदेशमा रहेर आफ्नो भबिष्य निर्माण गर्नुका साथै बाँकी समय समाजिक क्षेत्रमा पुण्य कार्यप्रति लगाएकोमा खुशी ब्यक्त गरे । 

प्रमुख अतिथि सभासद रामहरी सुबेदीले यसरी सामाजिक संस्थाको पहलमा गरिएको सहयोगले एउटा घरको पिडा र समस्यामा ठुलो राहत मिलेको र प्रवासबाट एकजुट भएर आफ्नो क्षेत्रको लागि गरिएको परोपकारी सामाजिक कार्यको मुक्त कण्ठले प्रशंसा गरे । 

राउतका परिवारले सहयोगी सवैलाई धन्यवाद सहित दोषिलाई कडा कारवाही हुनुपर्ने माग राखेका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय