अरु देशका भन्दा बंगलादेशी कामदार धेरै विश्वासिलाः मलेसियाली उपप्रधानमन्त्री 

काठमाडौं, कात्तिक २०

मलेसियाका उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीले बंगलादेशी कामदार अन्य देशका कामदारको तुलनामा ईमान्दार भएको बताएका छन् । उनले यहि कारणले मलेसियाले धेरै बंगलादेशी कामदार भित्रियाउने योजना बनाएको बताए । 

गृह मन्त्रालयले सन् २०१६ को बजेटका विषयमा गरेको छलफल कार्यक्रममा हमिदीले बंगलादेशी कामदारलाई नगद कारोवार हुने ठाउँ लगायतमा पनि विश्वास गर्न सकिने बताए । कुनै पूर्वाग्रह नराखि भन्दा अन्य देशको तुलनामा बंगलादेशी कामदारलाई विश्वास गर्न सकिन्छ, किनकी उनीहरु ईमान्दार छन् उनले तर्क गरे ।       

सो अवशरमा किन बंगलादेशबाट १५ लाख कामदार मलेसिया ल्याउन लागिएको हो भन्ने जिज्ञासा राखिएको थियो । त्यसको जवाफमा उपप्रधानमन्त्री हमिदीले यस्तो बताएका हुन् । सहभागिहरुले बंगलादेशबाट कामदार ल्याउनु अघि उनीहरुलाई स्वदेशमै तालिम दिनुपर्ने तथा मलेसियामा आएर काम गर्दा अपनाउनु पर्ने संस्कृतिका बारेमा जानकारी दिएर मात्र ल्याउन सुझाव दिएका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय