
काठमाडौं, कात्तिक २०
साताको अन्तिम दिन शुक्रवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ८१ पैसा र विक्रि दर २८ रुपैंयाँ ९७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ५५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७१ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ९६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १२ पैसा रहेको छ । रियाल, दिरहम सवैमा अघिल्लो दिनभन्दा केहि बृद्धि हो ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४२ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ५६ पैसा छ । यो विहिवारको तुलनामा केहि कम हो । मलेसियन रिंगिटको भाउ केहि समययता निक्कै घटेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
कुवेती दिनारको खरिददर ३४५ रुपैंया ६९ पैसा छ । बहराइन दिनारको खरिददर २७७ रुपैंयाँ ९३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।