रिंगिटमा १२ पैसा बढ्यो, रियाल, दिरहम र दिनार स्थीर जस्तै  

काठमाडौं, कात्तिक १९

विहिवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको सटही दर स्थीर छ । रियालको खरिदर २८ रुपैंयाँ ७३ पैसा र विक्रि दर २८ रुपैंयाँ ९० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ४८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६४ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ८९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५ पैसा रहेको छ । दिरहम र साउदी रियाल दुवैमा अघिल्लो दिनको तुलनामा केवल एक पैसा बृद्धि हो ।  

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ५२ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६६ पैसा छ । यो बुधवारको तुलनामा प्रति रिंगिट १२ पैसा बढी हो । तर मलेसियन रिंगिटको भाउ केहि समययता निक्कै घटेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । 

कुवेती दिनारको खरिददर ३४५ रुपैंया १४ पैसा छ । बहराइन दिनारको खरिददर २७७ रुपैंयाँ २२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: