रोजगारदाताकी छोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा पक्राउ

 

रियाद, कात्तिक १८ 

साउदी अरवमा रोजगारदाताकी छोरीलाई अपहरण गरी बलात्कार गर्ने एकजना पाकिस्तानी सवारी चालक पक्राउ परेका छन् । सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको सो समाचार अनुसार ति व्यक्तिले आफ्नै रोजगारदाताकी छोरीलाई अपहर गरी बलात्कार गरेका थिए । 

पढ्न क्याम्पस जाँदै गरेकी उनलाई ति व्यक्तिले अपहरण गरी एक घरमा पुर्याएका थिए जहाँ उनले पहिले नैै बोलाएर राखेका साथि सहित सामुहिक बलात्कार गरेका थिए । 

ति व्यक्तिले ति युवतिको निर्वस्त्र बनाइएको फोटो समेत खिचेको र घटनाका बारेमा कसैलाई बताएमा ति तस्वीरहरुलाई ईण्टरनेटमा राखिदिने धम्की दिइएको समाचारमा जनाइएको छ । तर ति युवतिले नडराइकन घटनाका बारेमा प्रहरीमा रिपोर्ट गरेकी थिइन् । लगत्तै प्रहरीले ति चालकलाई पक्राउ गरेको थियो । 

घटना पश्चात आफ्ना छोरीहरुलाई विशेषगरी नयाँ गाडीचालकको साथमा नपठाउन अनुरोध गरिएको छ । कतिपय युवतिहरुले आफूहरुलाई आफ्ना गाडी चालकहरुले दुःख दिने गरेको भन्दै सामाजिक सञ्जालहरुमा लेखेका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: