कति छ रिंगिट, रियाल, दिरहम र दिनारको सटही दर ?    

काठमाडौं, कात्तिक १८

बुधवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ७३ पैसा र विक्रि दर २८ रुपैंयाँ ८९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ४७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६३ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ८८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४ पैसा रहेको छ ।  

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४० पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ५४ पैसा छ । रिंगिटको भाउ केहि समययता निक्कै घटेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । 

कुवेती दिनारको खरिददर ३४५ रुपैंया ३९ पैसा छ । बहराइन दिनारको खरिददर २७७ रुपैंयाँ १५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय