कतारका बैकमा खाता खोल्न कामदारहरुको ठूलो भीड

 

दोहा, कात्तिक १८

कतारमा नयाँ श्रम कानून पश्चात सयौं व्यक्ति बैंकमा खाता खोल्न लामवद्ध हुन थालेका छन् । कतिपय ठाउँमा १२ घण्टासम्म मान्छे लाइन बस्नु परेको दोहान्यूजले समाचार लेखेको छ । कतारमा कामदारले तलव पाउने वातावरण बनाउन भन्दै सरकारले गत फेब्रुअरीमा कामदारको तलव कम्पनीहरुले बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । सो व्यवस्था यहि महिनादेखि लागु भएको छ । अव कम्पनीहरुले बैंक खातामा दिएको तलव मात्र आधिकारिक हुनेछ । अन्यथा कम्पनीहरुलाई ठूलो जरिवाना सहितको कारवाही हुने व्यवस्था गरिएको छ । 

यसले कतारमा कामदारले समयमा तलव नपाउने वा महिनौंसम्म तलव नै नदिई काम लगाउने प्रथाको अन्त्य हुने विश्वास गरिएको छ । कतारमा कामदारले तलव नपाउने ठूलो समस्या हो र यसका कारण कतार विश्व जगतमा आलोचित छ । नयाँ व्यवस्था अनुसार हरेक कम्पनीहरुले मासिक रुपमा कतारी रियालमा कामदारलाई अनिवार्य रुपमा तलव भुक्तानी गर्नुपर्नेछ ।

बैंकहरुमा खाता खोल्न ठूलो लाम लाग्न थालेपछि कतिपय बैंकहरुले त्यसका लागि छुट्टै काउण्टर सञ्चालन गर्न थालेका छन् । कतिपय बैंकले भनें केहि शाखा कार्यालयलाई नै बैंक खाता खोल्ने विशेष काममा लगाएको समाचारमा जनाइएको छ । कतिपय कामदारले विहान रातीको दुईबजे लाममा लागेर बेलुकी ४ बजे बल्लतल्ल बैंक खाता खोल्न सफल भएको समाचारमा उल्लेख छ । 

कतारको केन्द्रीय बैंकले बैंक मार्फत रकम आफ्नो देश पठाउनेहरुलाई प्रति कारोवार १० रियाल भन्दा बढी नलिन समेत सचेतपत्र पठाएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय