भारतले दिएको दुःखलाई ईखका रुपमा लिनुपर्छः महासचिव पोखरेल 

काठमाडौं, कात्तिक १७

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान गतिशिल दस्तावेज भएका कारण यसमा आवश्कयता अनुरुप संशोधन हुने भन्दै श्रमिकका एजेण्डा छुटेका भएमा लिखित रुपमा ल्याउन आग्रह गरेका छन् । उनले त्यसरी आउने सुझावलाई संविधान संशोधन मार्फत समेट्न सकिने बताए । 

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)को पाचौं राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा बोल्दै एमाले महासचिव पोखरेलले अहिले संविधानका बारेमा भ्रम फैलाउन खोजिएका बताए । तराईमा अहिले देखिएको असहजता बुझि नसक्नु भएको भन्दै उनले दलहरुबीच यसअघि भएको १६ बुँदे सहमतिदेखि नै भारतको रवैया असहज भएको बताए । हरेक कुरा उनीहरुलाई सोधेर गर्नुपर्ने जस्तो व्यवहार गर्छन् महासचिव पोखरेलले भने त्यो हामीलाई स्वीकार्य छैन । 

राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा आँच आउनेगरी कुनै पनि सहमति, सम्झौता गर्न नेकपा एमाले तयार नभएको उनले बताए । हामी सवै विषयमा छलफल गर्न खुल्ला छौं तर राष्ट्रिय स्वार्थ विपरितका कुरामा हाम्रो सहमति हुन्न उनको भनाई थियो । 

नागरिकताका विषयमा नेपालको जत्तिको उदार संविधान संसारमा कम नै रहेको भन्दै महासचिव पोखरेलले राष्ट्रका प्रमुख पदहरुमा पुग्न बंशजको आधारमा नागरिकता पाएको व्यक्ति नै चाहिने बताए । संसारको प्रचलन नै यहि रहेको भन्दै उनले नेपालमा जवर्जस्ती अंगिकृत नागरिकताधारीहरुलाई मुख्य पदमा पुर्याउन खोज्नु अमान्य रहेको बताए । 

उनले संकट पर्दा भारतलाई गाली गर्ने तर संकट तत्कालका लागि समाधान हुनासाथ कानमा तेल हालेर बस्ने नेपालको व्यवहारका कारण समस्या कायमै रहेको बताए । उनले भारतले सिर्जना गरेको समस्यालाई मनभित्र ईखका रुपमा राखेर अव दिर्घकालिन समाधानको बाटो खोजिनु पर्ने धारणा राखे । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय