विदेशमा बस्नेलाई लक्षित गर्दै जलविद्युत आयोजना 

काठमाडौं, कात्तिक १७

सर्वसाधारणका लागि अहिले २ अर्ब रुपैंयाको साधारण शेयर निष्काशन गरेको सरकारी कम्पनी जलविद्युत लगानी तथा विकास कम्पनीले २० अर्ब रुपैंयाको रेमिट हाइड्रो सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने नेपालीको लगानी आकर्षित गर्न स्थापित कम्पनीले १ सय २५ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सरकारसंग आकर्षक जलविद्युत आयोजना दिन माग गरेको छ । 

स्वदेशी वित्तीय स्रोतका साथै विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्सको रकम जलविद्युत आयोजनामा लगानी गर्न एचआइडीसीएलले रेमिट हाइड्रो नामको आफ्नै सहायक कम्पनी स्थापना गरिसकेको छ । ६ महिना अघि स्थापीत कम्पनीले २० अर्ब रुपैंयामा १ सय २५ मेगावाट क्षमताको आकर्षक जलविद्युत आयोजनाको निर्माण गर्ने एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताए ।  

प्रमुख कार्यकारी रौनियारले भने ‘अहिले मुलुकमा वार्षिक ६ सय देखि ७ सय अर्ब रुपैंया रेमिट्यान्सबाट भित्रिरहेको अवस्था छ । यसका साथै विगतका आइपीओलाई हेर्ने हो भने चार पाँच दिनमा बीसौं अर्ब रुपैंया संकलन भएको अवस्था छ । यो अवस्थालाई हेरेर हामीले सहायक कम्पनी मार्फत काम अघि बढाएका हौं । यसले विदेशमा बस्ने नेपालीहरुका लागि आकर्षक अवकाशन योजना पनि दिने छ ।’ 

कम्पनीले रेमिट हाइड्रोका लागि आवश्यक २० अर्ब रुपैंयाका लागि विदेशमा रहेका नेपालीहरुलाई २४ प्रतिशत, सर्वसाधारणका लागि १५ प्रतिशत र स्थानीयका लागि १० प्रतिशत शेयर स्वामित्व बितरण गर्ने छ । बाँकी ५१ प्रतिशत स्वामित्व कम्पनीको हुनेछ । कम्पनीले आकर्षक जलविद्युत आयोजनाका लागि सरकारसंग माग गरिसकेको रौनियारले बताए ्र     ‘प्रारम्भिक अध्ययन गरेर आकर्षक किसिमको १ सय २५ मेगावाट क्षमताको योजनाका लागि सरकारलाई औपचारिक रुपमा आवेदन दिएको ३ महिना भैसकेको छ । र सम्भवतः हामीले चाँडै नै यसको लाइसेन्स पाउने अवस्था छ र यो कुरा मात्र नभएर ठोस रुपमा नै अघि बढिरहेको छ । लगानीकर्ताले छिट्टै फेरी लगानी गर्न पाउने अवस्था बन्दैछ भने आयोजना पनि छिटो सम्पन्न गरेर उर्जा अभावलाई केही हदसम्म घटाउन कम्पनीले योगदान दिने छ’ रौनियारले भने । 

फोनिजकोरियाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: