पुनः कतार जान दुई वर्ष पर्खिनु नपर्ने

काठमाडौं, कात्तिक १६

कतारमा काम गरि स्वदेश फर्काइएका र पुनः कतारमा काम गर्न जान चाहने कामदारलाई हाल लाग्दै आएको दुईवर्षको प्रतिवन्ध हट्ने भएको छ । आगामी बर्षदेखि परिवर्तित कानून लागु भएसँगै यो बाध्यात्मक व्यवस्था हट्ने गल्फ टाइम्सले समाचार लेखेको छ । 

कुनै नयाँ कम्पनीमा काम गर्न आउन चाहने आप्रवासी कामदारले अर्को दिन नै पुनः कतार आउन सक्ने मन्त्रालयका उच्च अधिकारीले प्रष्ट्याएका छन् । 

आप्रवासी कामदार सम्वन्धि विषय हेर्ने विभागका महानिर्देशक व्रिगेडियर मोहम्मद अहमद अल अतिफले दुई बर्षे बन्देज कफला प्रणालीसँग सम्वन्धित रहेको बताए । नयाँ कानूनले कफलालाई विस्थापित गरेपछि कुनै आप्रवासी कामदारले नयाँ कम्पनी वा रोजगारदातासँग काम गर्न अघिल्लो रोजगारदाताको अनुमति लिइरहनु नपर्ने समाचारमा जनाइएको छ । 

नयाँ कानून लागु भएपछि आप्रवासी कामदारलाई अदालतको आदेशमा मात्र स्वदेश फर्काइने महानिर्देशक अतिफले बताएका छन् । तर जघन्य अपराधमा संलग्न भएकाहरुले कतारमा पुनः प्रवेश नपाउने व्यवस्था नयाँ कानूनले गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: