थन्किए गाडी

बझाङ, कात्तिक १६ इन्धन अभाव भएपछि जिल्लाका अधिकांश सवारीसाधन सदरमुकामस्थित बसपार्कमा थन्किएका छन् । आयल निगम धनगढी र महेन्द्रनगरले लामो दूरीका सवारीसाधनलाई दिने सय लिटर तेलले जिल्ला आउन–जान नपुगेपछि बझाङ आएका सवारीसाधन यतै थन्किएका हुन् । 

इन्धन अभावका कारण एक सातादेखि सिमखेत बसपार्कमा दर्जन बस थन्किएका छन् । बझाङबाट धनगढीका लागि दैनिक पाँच र महेन्द्रनगरका लागि दैनिक पाँच गरी १० वटा बस छुट्ने गरेका छन् । तर, हाल इन्धन अभावले दैनिक दुई बस मात्र छुट्ने गरेका छन् । आयल निगमको पेट्रोल पम्पसमेत नभएको बझाङमा यहाँ आउने यातायातका साधन फर्कनसमेत पुग्नेगरी तराईमा नै तेल भरेर आउनुपर्ने बाध्यता छ । 

नयाँ पत्रिकाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय