तीन महिना तलव नदिए कम्पनी फेर्न पाइने व्यवस्था, कामदारलाई सजिलो हुने

काठमाडौं, कात्तिक १६

साउदी अरवको श्रम मन्त्रालयले हालै गरेको व्यवस्था अनुसार तीन महिनासम्म कुनै कम्पनीले तलव नदिएमा कामदार अर्को कम्पनीमा काम गर्न स्वतन्त्र हुनेछन् । श्रम मन्त्रालयको नवौं चरणको सुधार योजना अनुसार सो व्यवस्था गरिएको हो । गत आइतवार कामदारको सुरक्षा लगायतका विषयमा सो निर्णय गरिएको अरव टाइम्सले समाचार लेखेको छ । यसले १ सय भन्दा बढी कामदार कार्यरत ३ हजार ५ सय ९५ नीजि कम्पनीमा कार्यरत ४ लाख ५ हजार ५ सय ९० कामदारको तलव, सुविधाको सुरक्षा हुने समाचारमा जनाइएको छ ।

मन्त्रालयले नयाँ व्यवस्था सम्पूर्ण नीजि कम्पनीहरुमा लागु हुने जनाएको छ । मन्त्रालयका उपसचिव अव्दुल्लाह अवु थानीले कामदारले समयमा तलव पाउने वातावरण निर्माणका लागि यस्तो व्यवस्था गरिएको जनाएका जनाएका छन् । यो व्यवस्थाले हाल देखिएको रोजगारदाता र कामदारवीचको समस्या पनि हट्ने सरकारी अधिकारीहरुले विश्वास गरेका छन् ।

कुनै कम्पनीले तलव नदिएको पाइएमा त्यस्तो कम्पनीलाई प्रतिकामदार ३ हजार रियालको दरले जरिवाना हुने जनाइएको छ । तीन महिना भन्दा बढी समय कामदारलाई तलव नदिइएको पाइएमा कम्पनी बन्द गरिने र कामदारलाई अर्को कम्पनीमा काम गर्न जान स्वतन्त्रता दिइने थानीले बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय