हप्ताको पहिलो दिन कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?    

काठमाडौं, कात्तिक १५

आइतवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ६० पैसा र विक्रि दर २८ रुपैंयाँ ७७ पैसा रहेको छ । यो गत शुक्रवारको भन्दा प्रति रियाल ५ पैसा बढी हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५१ पैसा छ । यो पनि शुक्रवार भन्दा प्रति दिरहम ६ पैसा बढी हो । साउदी रियालको खरिददर २७ रुपैंया ७६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९२ पैसा रहेको छ । साउदी रियाल पनि प्रति रियाल ६ पैसा बढी हो ।  

मलेसियन रिंगिटको भाउ भनें स्थीर छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ २४ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३८ पैसा छ । यो शुक्रवार भन्दा प्रति रिंगिट ६ पैसा बढी हो । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ । 

कुवेती दिनारको खरिददर ३४३ रुपैंया ७४ पैसा छ । यो शुक्रावर भन्दा झण्डै एक रुपैंयाँ बढी हो । बहराइन दिनारको खरिददर २७६ रुपैंयाँ ११ पैसा छ । यो पनि प्रति दिनार झण्डै ७० पैसा बढी हो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय