राजनीति गरेको भन्दै एक नेपालीलाई स्वदेश फर्काइयो 

सोल, कात्तिक १५

राजनीतिमा लागेको कारण देखाई दक्षिण कोरियाको अध्यागमन बिभागले पक्राउ गरि एक नेपालीलाई स्वदेश फिर्ता गरेको छ । एमाओवादीको भगिनी संगठन जनअधिकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सागरराज न्यौपानेलाई शुक्रवार नेपाल पठाएको हो । न्यौपानेसंगै उनकी श्रीमतीलाई पनि अध्यागमनले पक्राउ गरेको थियो । चार बर्ष दश महिनाको कार्यावधि सकेर न्यौपाने डीपेन्शी भिषा अन्तर्गत कोरियामा रहेका थिए भने उनकी श्रीमती दुर्गा न्यौपाने बिद्यार्थी भिसामा अध्ययनरत थिइन । 

अक्टोबर १५ मा न्यौपाने दम्पतिको कोठामा अध्यागमन कर्मचारीले खानतलासी गरेका थिए । न्यौपाने दम्पतिलाइ गत अक्टोवर २२ मा पक्राउ गरि हिरासतमा राखिएको थियो । एक साता हिरासतमा राखेपछि शुक्रबार कम्युनिस्ट गतिबिधिमा रहेको आरोप लगाएर नेपाल फिर्ता गरिएको हो । उनीहरुसंगै पक्राउ परेका अन्य दुर्इजनालाइ भने अध्यागमनले १२ लाख वन धरौटी लिएर कम्पनीको जिम्मा लगाई काममै फिर्ता गरेको छ ।  

अध्यागमनले दुर्गालाई धरौटीबापत रकम लिएर छोड्ने स्वीकृति दिएपनि उनी नेपाल फिर्ता भएकी छन । शुक्रबार नेपाल फर्कने क्रममा थाईल्याण्डबाट न्यौपानेले भने राजनीति गरेको सुराकी लगाइएको कारण कानुनी उपचार सहज भएन । 

न्यौपानेले वकिल र कम्पनि मालिक मार्फत पुन काममा फर्कन प्रयास गरेका थिए । अध्यागमनका कर्मचारीले न्यौपानेको पक्षका वकिललाई कम्युनिस्ट गतिबिधिमा रहेको कारण कोरिया रहन नसक्ने स्पष्ट पारेका थिए । कानुनी प्रक्रिया लामो र खर्चिलो हुनुका साथै गम्भीर उजुरी लागेका कारण कानुनी लडाईका लागि असमर्थ रहेको न्यौपानेले बताए । 

राजनीति गरेको उजुरी परेको कारण दुतावासको प्रयास अध्यागमनले सुनुवाई नगरेको कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले जानकारी गराए । भिसा अवधिमा रहेकोलाई राजनीति गरेका कारण फिर्ता गरिएको यो पहिलो घटना हो । 

अवैधानिक रहि कार्यरत जनअधिकार मञ्चका बिष्णु क्षेत्री र दुइ बर्ष अघि एमालेको भगिनी संगठन एनडीएफका बिक्रम राई र नरेन्द्र चेम्जोंगलार्इ पनि पक्राउ गरि नेपाल पठाइएको थियो । नेपालीहरुकै उजुरीका कारण फिर्ता हुनुपरेको न्यौपानेको आशंका छ । 

त्यसै गरि नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाले प्रेस बिज्ञप्ति जारी गर्दै न्यौपाने दम्पतिको गिरफ्तारिको भत्र्सना गरेको छ । ‘न्युनतम मानव अधिकारको ख्याल नगरी अमानवीय तरिकाले गिरफ्तार गरेको हुँदा हाम्रो संगठन स्तब्ध भएको छ’ मञ्चका प्रवक्ता चुडामणि अधिकारीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ । 

बिज्ञप्तिमा भनिएको छ सम्पुर्ण जनअधिकार मञ्चसँग सम्बन्धित साथीहरूमा यस समयमा कत्तिपनि बिचलित नभई संगठनलाई अझ सशक्त र गतिशिल बनाइ अगाडि बढाउन हार्दिक अनुरोध गर्दछौ। 

फोनिजकोरियाबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय