यूवा स्वरोजगारमा लगानी बढ्यो 

 

दाङ, कातिक १५

राप्तीमा यूवा स्वरोजगार लगानी बढेको छ । कृषि विकास बैंक क्षेत्रिय कार्यालय घोराही दाङका अनुसार व्यवसायीक कृषिको विकासका लागि राज्यले राप्तीमा लगानी वढाएको हो ।

आर्थिक वर्ष ०७०र०७१ कोे तुलनामा चालु आर्थिक वर्षमा राप्तीमा यूवा स्वरोजगार लगानी एक करोडले बढेकोे छ । कृषि विकास बैंक क्षेत्रिय कार्यालय घोराहीका निमित्त कार्यालय प्रमुख ढकवहादुर वस्नेतले राप्तीमा राज्यले कृषि क्षेत्रमा लाग्न चाहाने उद्यमीहरुको प्रोप्साहनको लागि चालु आर्थिक वर्षमा एक करोडले लगानी वढाएको वताए । गतवर्ष यूवा स्वरोजगार लागि राप्तीमा ४ करोड लगानी भएकोमा चालु आर्थिक वर्षमा राप्तीमा ५ करोड रकम आएको निमित्त कार्यालय प्रमुख वस्नेतले जानकारी दिए ।

सहुलियतको ऋण तथा यूवा स्वरोजगार लगानी व्यवसायीक दुग्ध उत्पादन, मासु उत्पादन, व्यवसायीक तरकारी उत्पादनमा कृषकलाई प्रोप्तसाहन गर्नका लागि आएको हो । उद्यमी किसानहरुको परियोजनाको लागत मुल्यांकन गरी बढीमा एक करोडसम्म लगानी गर्न सकिने कृषि विकास वैंक क्षेत्रिय कार्यालय घोराहिले जनाएको छ ।

यूवा स्वरोजगार लगानी प्राप्त गर्नका लागि २१ वर्ष माथिका ४५ वर्ष ननाघेका यूवाले सञ्चालन गरेको व्यवसायीक कृषि फर्म तथा व्यवसायीक तरकारी खेतिमा मात्र यूवा स्वरोजगार लगानी गर्ने प्रावधान रहेको निमित्त कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । यूवा स्वरोजगार लगानीमा राप्तीमा आएको ५ करोड मध्य कृषि विकास वैंक शाखा कार्यालय तुलसीपुरमा ७५ लाख, घोराही शाखामा ७५ लाख, लमही शाखामा ६० लाख, नारायणपुर शाखामा ५० लाख, बैंकीङ कार्यालय घोराहीमा ३० लाख, शाखा कार्यालय गढवामा ३० लाख गरी दाङमा मात्रै ३ करोड १० लाख यूवा स्वरोजगार लगानी गरिने छ ।

राप्तीका अन्य जिल्लामा पनि रकमको वाँडफाँड गरिएको छ । जस अनुसार कृषि विकास वैंक सल्यानमा ५० लाख, प्युठानमा ६० लाख, रोल्पामा ४० लाख र कृषि विकास वैंक रुकुममा ३० लाख यूवा स्वरोजगार कोषको लगानी वितरण भएको कृषि विकास वैंक क्षेत्रिय कार्यालय घोराहीका निमित्त कार्यालय प्रमुख वस्नेतले जानकारी दिए ।

यसैबीच, तुलसीपुर शाखावाट आगामी मंसिर महिनाको पहिलो साता बाट सहुलियतको ऋण तथा यूवा स्वरोजगार लगानीको सुरुवात गरिने कृषि विकास वैंक शाखा कार्यालय तुलसीपुरका प्रवन्धक एकराज आचार्यले वताए । सुरुमा उद्यमी यूवाहरुको सहुलियतको ऋण प्रवाहकालागि कारण सहितको निवेदन व्यवसायीक कृषि परियोजना माग गरिने छ ।

त्यसपछि माग भइआएका परियोजनाको बैंकका पदाधिकारीहरुवाट स्थलगत अवलोकन गरी उचित लागेमा परियोजनाको लागत स्टमेट अनुसार एक उद्यमीलाई एक करोड सम्म लगानी गर्ने वैंकका कर्मचारी तुलसीराम वलीले जानकारी दिए । कर्मचारी वलीले भने ‘यूवा स्वरोजगार कार्यक्रमको हालसालै मात्रै परिपत्र आएको छ । अब तुरुन्तै स्टाफ बैठक बसी लगानीका वारेमा छलफल गरिन्छ ।’ बैंककिङ कार्यविधि अनुसार सहुलियतको ऋण लगानी गर्नकालागि कृषि विकास वैंक तुलसीपुर शाखाले आन्तरिक गृहकार्य शुरु गर्ने तयारी गरीरहेको प्रवन्धक आचार्यले वताए ।

तुलसीपुर शाखाले गत वर्ष विभिन्न यूवा उद्यमीहरुलाई ६० लाख रुपैयाँ लगानी गरेको थियो । स्वरोजगार कार्यक्रम अन्र्तगत व्यवसायीक पशुपालन, माहुरीपालन, माछापालन र व्यवसायीक तरकारी खेतिमा ७ जना यूवाहरुलाई ६० लाख रुपैयाँ लगानी गरेको थियो । कृषि विकास बैंक शाखा कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षमा उक्त रकम भन्दा १५ लाख वढी लगानी गर्ने भएको छ । गत साल ६० लाख लगानी गरेको तुलसीपुर शाखाले यो आर्थिक वर्षमा ७५ लाख लगानी गर्ने अख्तियारी पाएको वैंकका प्रवन्धक आचार्यले जानकारी दिए ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय