खाडीमा नेपाली महिला पठाउनु उचित हो वा होइन: के भन्छन् परदेशमै भएकाहरु ?

काठमाडौं, कात्तिक १४

बैदेशिक रोजगार विभागले घरेलु कामदार पठाउन रीतपूर्वक निवेदन दिएका म्यानपावर कम्पनीहरु मध्ये ४९ वटा कम्पनी छनौट गरेको छ । ति कम्पनीहरुलाई १५ दिन भित्रमा विभागमा सम्पर्क राख्न भनिएको छ । यसले बैदेशिक रोजगारीमा केहि बर्षयता रोकिएको घरेलु काममा महिलालाई पठाउने क्रम चाँडै हुने सम्भावना बढेको छ । खासगरी साउदी अरेविया, मलेसिया लगायतका मुलुक नेपालबाट घरेलु कामदार लैजान ईच्छुक छन् । 

सरकारले केहि समय अगाडी कार्यविधि बनाएर घरेलु काममा महिलालाई पठाउने बाटो खुल्ला गरिसकेको छ । यसलाई परदेशमा नै रहेका नेपालीले कसरी लिएका छन् त ? देशपरदेशको फेसबुक पेजमा लेखिएका केहि प्रतिकृयाः 

नरपति आचार्य, हाल मलेसियाः

चेली बेच्ने दलालको सूची दिन्छ सरकार । थुक्क हुतिहारा नेताले खाएको घुस रोजगारमूलक काममा लगाई देशभित्र काम दिनु नी । लु त नेताका छोरी, स्वास्नी नोकर्नी हुन खाडीमा पठाएको हेरौं । नेता तथा कार्यकर्ताका छोरी बुहारी पठाएर काम गरेको हेरौ त पहिले । दास, नोकर पठाउने र बेच्ने हो डलरको भाउमा ? अरवीले किनको मान्छे भनेर मनपरी गरेको अझै नदेखेको हो र ? 

रामकुमार सन्तोषी, हाल साउदी

अरेविया मलाई चाहिं लाग्छ घरेलु काममा महिला चेली नआए हुन्थ्यो जस्तो लाग्छ । यसरी नेपाली चेलीलाई पठाउनु ठिक होइन । यहाँ धेरै नेपाली महिलाको कस्तो विजोग छ । 

पिके विष्ट, कतार

राजदुतावास मार्फत बुझेर पठाउन सकिन्छ । घरेलु कामदार लिने अरवी परिवार के कस्तो छ बुझ्न जरुरी छ । मध्यम परिवार छ भनें त्यहाँ शोषण र दमन हुन्छ । यदि धनी परिवार हो भनें सोचे भन्दा बढी सुविधा मिल्न सक्छ मेरो विचारमा । 

शेल्कर पाख्रिन तामाङ, नुवाकोटः

यो विल्कुल ठिक होइन । अझ महिलाको हकमा त उपाउनै हुन्न भन्छु म त । महिलालाई हेर्ने दृष्टिकोण एकदमै खराव छ स्थानीयहरुका । सवै त त्यस्तै नहोलान् तर धेरैजसोको यस्तै छ । 

यसैगरी मलेसियाबाट धनवीर रोक्काले यो काम विल्कुलै गलत हो भनेका छन् भनें खोटाङ्गे ठिटोले पनि गलत हो भनेका छन् । सिमोन तामाङको विचारमा पनि सरकारको यो निर्णय सरासर गलत हो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: