शनिवार ८० हजार सिलिण्डरमा ग्यास वितरण 

काठमाडौं, कात्तिक १४

उपत्यकामा शनिबारका लागि ८० हजार सिलिन्डरमा आधा परिमाण (७.१ किलो) भर्न पुग्ने ग्यास आएको छ । यो सामान्य अवस्थाको दैनिक खपतको तुलनामा दोब्बर परिमाण हो । उद्योगीका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक पूरै भरिएका ४० हजार सिलिन्डर (१४.२ किलो) ग्यास खपत हुने गरेको छ । ग्यास उद्योग संघका अनुसार सामान्य अवस्थामा दैनिक मुलुकभर ६६ बुलेट ग्यास खपत हुने गरेको छ । यसबाट ८२ हजार ५ सय सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । आधा मात्रै ग्यास राख्ने हो ६६ बुलेटबाट १ लाख ६५ हजार सिलिन्डर भर्न सकिन्छ । उपत्यकामा सरदर दैनिक ३० बुलेट ग्यास खपत हुने गर्छ । ३० बुलेटबाट ४१ हजार २ सय ५० सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ ।

संघका अनुसार शुक्रबार साँझ र शनिबार रातिसम्म उपत्यकाका लागि ३२ बुलेट ग्यास आइपुग्नेछन् । भैरहवा नाकाबाट शुक्रबार दिउँसो २४ बुलेट ग्यास काठमाडौंका लागि हिँडेका छन् । ‘ती बुलेट साँझसम्म उपत्यका भित्रिसक्छन्,’ संघ अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘थप ८ बुलेट ग्यास पनि साँझ विभिन्न भन्सार नाका पार गरी काठमाडौंका लागि आउँछन् । ती बुलेट रातिसम्म उद्योगमा आइपुग्छन् ।’ 

उपत्यकालाई ग्यास आपूर्ति गर्न धादिङमा १२ र काभ्रेमा ३ उद्योग छन् । चितवन, नवलपरासी, बारा, पर्सालगायत तराईमा रहेका थप ११ उद्योगले समेत काठमाडौंको ग्यास आपूर्ति थेग्दै आएका छन् । धादिङ र काभ्रेमा रहेका उद्योगले राति र बिहानसम्म सिलिन्डरमा आधा ग्यास भरे पनि शनिबार १० बजेपछि उपभोक्ताले ग्यास पाउन सक्ने संघको भनाइ छ । तर, उद्योग परिसरमै उपभोक्ता लाइन बढिरहेकाले उद्योग गेटबाटै सर्वसाधारणलाई ग्यास वितरण गर्नुपर्ने अवस्था रहेको उद्योगी बताउँछन् । सोही कारण उद्योगबाट समयमै विक्रेता (पसल) कहाँ ग्यास पुर्‍याउन नसक्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ । 

सरकारले आधा ग्यास भरिएका सिलिन्डर उद्योगबाट नभई विक्रेताका माध्यमबाट मात्रै बिक्री गर्ने निर्णय गरे पनि उद्योगमा भरिएका ग्यास सिलिन्डर सीधै बिक्रेताकहाँ पुर्‍याउन समस्या छ । ‘आधा भरिएका ग्यास सिलिन्डर विक्रेतामार्फत उपभोक्तालाई वितरण गर्ने निर्णय भइसकेको छ, त्यसैले उपभाक्ताले नजिकको विक्रेताकहाँ सम्पर्क राख्दा राम्रो हुन्छ,’ घिमिरेले भने । 

काठमाडौंको बजारमा उपलब्ध २६ ब्रान्डकै सिलिन्डरमा शनिबार ग्यास भरिँदै छ । तर, शुक्रबारदेखि ग्यास उद्योगी र विक्रेताकहाँ पुगेर नेता, व्यवसायी, होटेल–रेस्टुरेन्ट सञ्चालकलगायतले ठूलो मात्रामा लैजान थालेकाले सर्वसाधारणले सहजै नपाउने अवस्था छ । सरकारले पनि ग्यास उद्योग र डिपोमा अनुगमनमा चासो देखाएको छैन । शुक्रबार २७ हजार ५ सय सिलिन्डर ग्यास भित्रिए शुक्रबार काठमाडौं उपत्यकामा ११ बुलेट ग्यास आइपुगेका छन् । एभरेष्ट, साल्ट ट्ेरडिङ र सिद्धार्थ तीन ग्यास उद्योगका ११ बुलेट आएको ग्यास उद्योग संघले जनाएको छ । 

११ बुलेटमा १३ हजार सात सय ५० सिलिन्डर ग्यास भर्न पुग्छ । तर, सरकार र उद्योगीले केही समयका लागि आधा ग्यास भरिएका सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेका कारण ११ बुलेटको ग्यास २७ हजार ५ सय सिलिन्डरमा भरिएको छ । त्यसमध्ये एभरेष्टले चल्नाखेलस्थित उद्योगमा आधा ग्यास राखेर ७ हजार ५ सय सिलिन्डर ग्यास राखेको थियो । त्यस्तै, साल्ट ट्ेरडिङले आधा ग्यास भरिएका १० हजार सिलिन्डर भरेको छ भने सिद्धार्थ ग्यासले पनि १० हजार सिलिन्डर ग्यास भरेको छ । चल्नाखेलस्थित एभरेष्ट ग्यास उद्योग परिसरमा उपभोक्ता लाइनमा बसेपछि शुक्रबार दिउँसैबाट वितरण थालिएको छ ।

कम्पनीका बजार प्रबन्धक धु्रव कार्कीले उद्योगमा उपभोक्ताको ठूलो लाइन लागेका कारण उद्योग परिसरबाटै ग्यास वितरण गरेको जानकारी दिए । ‘उपभोक्ताको लामो लाइन भएपछि हामीले उद्योग परिसरबाटै केही ग्यास वितरण गर्‍यौँ,’ उनले भने, ‘बाँकी ग्यास सिलिन्डर विक्रेता ९पसल० लाई उपलब्ध गराउँछौँ ।’ शुक्रबार दिउँसो सो उद्योग परिसरमा ५ हजारभन्दा बढी सिलिन्डर बाटोमै लाइन लागेर उपभोक्ता ग्यासको पर्खाइमा थिए ।

एभरेष्टका उपत्यकामा ३ लाख सिलिन्डर प्रयोगमा छन् र करिब ४ सय ५० डिपाले एभरेष्टका ग्यास उपभोक्तालाई बिक्री गरिरहेका छन् । सरकारले उद्योगबाट नभई विक्रेताबाट ग्यास बिक्री गर्ने निर्णय गरेपछि उद्योग परिसरमा सिलिन्डर भर्नासाथ उपभोक्ताको लाइन लाग्न थालेको छ, जसकारण उद्योगीले सबै ग्यास विक्रेतालाई नदिई उद्योग परिसरमा लाइन लागेका उपभोक्तालाई वितरण गर्न बाध्य भइरहेका छन् । 

नयाँ पत्रिकाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय