काठमाडौं, कात्तिक १३
शुक्रवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५५ पैसा र विक्रि दर २८ रुपैंयाँ ७१ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा प्रतिरियाल ५ पैसा बढी हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ २९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४५ पैसा छ । यो पनि अघिल्लो दिनको भन्दा प्रति दिरहम ४ पैसा बढी हो । साउदी रियालको खरिददर २७ रुपैंया ७१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८७ पैसा रहेको छ । साउदी रियाल पनि प्रति रियाल ५ पैसा बढी हो ।
मलेसियन रिंगिटको भाउ भनें स्थीर छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ १८ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३२ पैसा छ । यो अघिल्लो दिनको भन्दा प्रति रिंगिट १२ पैसा कम हो । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
कुवेती दिनारको खरिददर ३४२ रुपैंया ८४ पैसा छ । यो अघिल्लो दिनको भन्दा १८ पैसा बढी हो । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ४६ पैसा छ । यो पनि प्रति दिनार झण्डै ४० पैसा बढी हो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।