काठमाडौं, कात्तिक १२
विहिवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५० पैसा र विक्रि दर २८ रुपैंयाँ ६६ पैसा रहेको छ । यो अघिल्लो दिनको भन्दा प्रतिरियाल ४ पैसा बढी हो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ २५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४१ पैसा छ । यो पनि अघिल्लो दिनको भन्दा प्रति दिरहम ३ पैसा बढी हो । साउदी रियालको खरिददर २७ रुपैंया ६६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८२ पैसा रहेको छ । साउदी रियाल पनि प्रति रियाल २ पैसा बढी हो ।
मलेसियन रिंगिटको भाउ भनें स्थीर छ । रिंगिटको खरिद दर २४ रुपैंयाँ ३० पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ४४ पैसा छ । केहि समययता रिंगिटको भाउ लगातार ओरालो लागिरहेको छ । यसले सवैभन्दा धेरै नेपाली कार्यरत मलुक मलेसियामा कार्यरत नेपालीलाई समस्यामा पारेको छ ।
कुवेती दिनारको खरिददर ३४२ रुपैंया ६६ पैसा छ । यो अघिल्लो दिनको भन्दा झण्डै ४० पैसा बढी हो । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ७ पैसा छ । यो पनि प्रति दिनार झण्डै ५० पैसा बढी हो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।