एनआरएनलाई दिएको नागरिकता अपूर्ण भएको गुनासो 

काठमाडौ, कात्तिक १२

विदेशमा बस्दै आएका गैर आवासीय नेपालीहरुलाई मातृभुमिसँग सम्वन्ध गाँस्न भनि नयाँ संविधानमा नागरिकता दिने व्यवस्था राखिएको भएपनि त्यो अपर्याप्त भएको थाई नेपाली संघ तथा एनआरएन थाइलाण्डका सल्लाहाकार सोमथाई क्षेत्रीले गुनासो गरेका छन्। 

उनले विश्वयुद्धको समयमा नेपालवाट विदेश गएर उतै बसोवास गरेका नेपालीहरु गैर आवासीय परिचय पत्र पाउनबाट वन्चित हुनु पर्ने अवस्था रहेको बताए। बर्मा, थाइलाण्ड, फिजी र मलेसियामा रहेका लाखौ नेपालीहरु गैर आवासीय नागरिकहरुले पाउने परिचयपत्र पाउन इच्छिुक छन्, क्षेत्रीले भने तर अहिले अवस्था अप्राप्त रहेकोले संशोधन हुनु पर्ने आवश्यकता छ। नेपालको नयाँ संविधानको धारा १४ मा नागरिकता सम्वन्धी व्यवस्था रहेको छ ।

उक्त धारा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने भनि यसअघिको संविधानमा नभएको व्यवस्था गरेको छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने प्रावधान छ ।

१ सय ५० वर्ष अघि नेपालमा नागरिकता वितरण नभएकै अवस्थामा विदेशीका नेपालीहरुले आफ्नो मातृभुमिसँग जोडिन चाहेकाले आफूहरुले यस्तो माग गरेको क्षेत्रीले बताए । उनले सोही कुरा बुझाउन र त्यसको व्यवहारिक समाधान निकाल्न भर्खरै सम्पन्न भएको एनआएनको निर्वाचनमा एसिया क्षेत्रको उम्मेदवारको रुपमा आफूले उठ्ने प्रयास गरेको बताए। तर थाई नेपाली संघ गठन भर्खर भएको र त्यसको विधान र कार्यवोझलाई ध्यानमा राखी उम्मेदवारी फिर्ता लिएको क्षेत्रीले बताए।

उनले नेपाललाई माया गर्ने नेपाली मुलका नागरिकहरुलाई गैरआवसीय नेपालीको हैसियत दिलाउन एनआरएन थाइलाण्ड र थाई नेपाली संघले पहल गर्ने उनले बताए । उनले वर्मा, थाइलाण्ड, फिजी लगायतका देशमा विश्व युद्धका समयमा बसेका नेपाली नेपाललाई सहयोग गर्न चाहेको उनको भनाइ थियो।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय